हकप्रद निष्काशन प्रस्ताव पारित गर्न नेको इन्स्योरेन्सले बोलायो विशेष साधारण सभा

Sep 17, 2023 12:36 PM Merolagani

नेको इन्स्योरेन्स लिमिटेड (NIL) ले हकप्रद शेयर निष्काशनको प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको छ।

इन्स्योरेन्सले असोज १९ गते, शुक्रबार, लिसारा रिसेप्सन, नक्सालमा सभा बोलाएको हो। सो सभा बिहान ११ बजे सुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतका दरले हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

विशेष साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले असोज १० गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार असोज ७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले विशेष साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।