विशेष साधारण सभा मार्फत हकप्रद निष्काशनको प्रस्ताव पारित गर्दै एनएलजी

Jul 13, 2023 09:58 AM Merolagani

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड (NLG) ले हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको छ। इन्स्योरेन्सले साउन १५ गते, सोमबार, आम्रपाली व्याङ्क्वेट, बालुवाटार, काठमाडौँमा सो सभा बोलाएको हो। सो सभा बिहानको साढे १० बजे शुरु हुनेछ।

सभाले इन्स्योरेन्सको हाल कायम चुक्ता पूँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९० रुपैयाँ ५० पैसाको १० बराबर ६.६ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ।

विशेष साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले साउन ८ गते एक दिनका लागि बुकक्लोज गर्नेछ। यस अनुसार साउन ७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको विशेष साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।