ङादी ग्रुपले बोलायो विशेष साधारण सभा, हकप्रद शेयर निष्काशनको प्रस्ताव पारित गर्दै

Jul 13, 2023 11:45 AM Merolagani

ङादी ग्रुप पावर लिमिटेड (NGPL) ले हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको छ। कम्पनीले साउन १४ गते, आइतबार, लर्ड पार्टी भेन्यु, धुम्बाराही, काठमाडौँमा सो सभा बोलाएको हो। सो सभा बिहानको १० बजे शुरु हुनेछ।

सभाले विद्युत नियमन आयोगबाट प्रस्ताव स्वीकृत भए बमोजिम कम्पनीको हाल कायम चुक्ता पूँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२ रुपैयाँ ५० पैसाको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, कम्पनीले गरेका लगानीहरु तथा ऋण भुक्तानी सम्बन्धमा प्रस्ताव पनि पारित गर्नेछ।

विशेष साधारण सभा प्रयोजनार्थ कम्पनीले साउन ४ गते एक दिनका लागि बुकक्लोज गर्नेछ। यस अनुसार साउन ३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको विशेष साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।