सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किमले लिलाम गरिरहेको २४ कम्पनीको सेयरलाई कति मूल्य हाल्ने ? (यो तथ्य हेर्नुहोस्)

Jan 12, 2018 Merolagani

५ वर्षे अवधि पुरा भए पछि सिद्धार्थ ग्रोथ स्किम १ ले आफ्नो स्वामित्वमा रहेको २४ कम्पनीका सेयर लिलाम गर्दैछ । पछिल्ला दिन सेयर लिलामीमा आवेदन गर्नेहरु बजार गिरावटको मारमा परिरहेका छन् । यहाँ हामीले लिलामीमा सहभागि हुँदा निर्णय गर्न सहज हुने गरी यस अघिका लिलामीसँग सम्बन्धित तथ्यांक सहितको सामग्री पस्किएका छौं ।

कुन कुन कम्पनीको कति कित्ता सेयर लिलामी भैरहेको छ ? यो सामग्री हेर्नुहोस् ।

...[२४ कम्पनीको साढे एक लाख कित्ता सेयरमा खुल्यो लिलामी]...

स्किमले आफ्नो स्वामित्वमा रहेका २४ कम्पनीका सेयरहरु गत बुधबारदेखि लिलाम गरिरहेको छ । पछिल्ला दिनमा सेयर लिलामीमा किने पछि घट्दो बजारमा समयमा सेयर बेच्न नपाउँदा दोस्रो बजारमा नै लिलामीकोभन्दा सस्तो मूल्यमा सेयर पाउन थालिएको छ । यस्तो अवस्थामा उल्लेखित कम्पनीको सेयर लिलामीमा सहभागि हुँदा उचालिएर नभई विवेक प्रयोग गर्नु पर्ने देखिन्छ । यस्तो नगरेको खण्डमा लिलामीको सेयर किन्दा नाफा नभई ठुलो नोक्सान व्यहोर्नु पर्ने अवस्था समेत आउन सक्छ ।

२४ वटा कम्पनीको एक वर्ष अवधिको अधिकतम मूल्य, एक वर्षको न्युनतम मूल्य र लिलामीमा राखिएको सेयर संख्याको विबरण यो चित्रमा हेर्नुहोस् । एक वर्षको अधिकतम र न्युनतम सेयर मूल्यले पनि लिलामीमा सहभागि हुँदा उचित निर्णय गर्न सहयोग पुग्छ ।

चित्रमा क्लिक गरी ठुलो बनाएर हेर्नुहोस् ।

 

 

...

 

यस अघि भएका लिलामीमा कति मूल्य हाल्नेले सेयर पाएका थिए ? बजारमा ती कम्पनीको सेयर मूल्य कुन अवस्थामा थियो ? अनि दोस्रो बजार र लिलामीको न्युनतम सेयर मूल्यमा कति अन्तर थियो भन्ने कुरा १५ वटा कम्पनीको बिवरणबाट देखाउने प्रयास गरिएको छ । जहाँ पहैंलो रंगको बारले कम्पनीहरुको लिलामी सेयरको न्युनतम मूल्य चित्रण गर्छ भने निलो चित्रले त्यस बेला दोस्रो बजारमा किनबेच भएको सेयर मूल्यलाई चित्रण गर्छ । रातो आकृति भित्र राखिएको प्रतिशतले दोस्रो बजार र लिलामीको न्युनतम सेयर मूल्य बिचको अन्तरलाई चित्रण गर्छ ।

 


चित्रमा आरएसडिसी लघुवित्तको सेयर बिक्रीमा सबैभन्दा धेरै अन्तर देखिएको छ । लघुवित्तको दोस्रो बजारको सेयर मूल्यभन्दा लिलामीको सेयर मूल्य झण्डै ३४ प्रतिशतले सस्तो थियो । दोस्रो बजार र लिलामीको सेयर मूल्यमा सबैभन्दा थोरै अन्तर मुक्तिनाथ विकास बैंकको सेयरमा रहेको तथ्यांकले देखाउँछ ।

बजारको उतारचढाव, कम्पनीको प्रकृति, समुहगत आधार, कम्पनीको वित्तीय अवस्था, लगायत कुराको अध्ययन गरेर सेयर लिलामीमा सहभागि हुँदा उचित निर्णय लिन सहज हुन्छ । माथि देखाइएका तथ्यांकबाट औसतमा आवेदन गर्ने मूल्य निर्धारण गर्न लगानीकर्तालाई सहज हुने विश्वास मेरोलगानीले लिएको छ ।

सानिमा माई हाइड्रो, एसबिआई बैंक लगायत कम्पनीको जसरी दोस्रो बजारको सेयर मूल्य लिलामीको मूल्यभन्दा तल झरेको खण्डमा लगानीकर्ता नोक्सानमा पर्ने सम्भावना अधिक हुन्छ । तसर्थ लिलामीको सेयरमा धेरै महंगो मूल्यमा नभई आफुलाई सहज हुने मूल्यमा आवेदन गरेको खण्डमा बजार मूल्य तल आउँदा पनि नोक्सानको भागेदारीमा पर्नु पर्दैन ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।