कञ्चनको प्रतिसेयर आम्दानी खस्कियो,६ महिनाको नाफा ३ करोड १२ लाख

Jan 18, 2018 merolagani

चुक्ता पूँजी बढेको अनुपातमा कमाई बढाउन नसक्दा कञ्चन डेभलपमेन्ट बैंक (KADBL) को प्रतिसेयर आम्दानी खस्केको छ । चालु आर्थिक बर्षको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार बैंकको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ८६ पैसा छ । जबकी बैंकको गतबर्षको यहि अवधिमा प्रतिसेयर आम्दानी २४ रुपैयाँ थियो ।



बैंकले चालु बर्षको पुष मसान्तसम्ममा तीन करोड १२ लाख १९ हजार रुपैंया खुद मुनाफा गरेको छ । बैंकको नाफा ४.९२ प्रतिशतले मात्र बढेको हो । गतबर्षको यसै अवधिमा बैंकले दुई करोड ९७ हजार रुपैंया नाफा गरेको थियो ।

बैंकले एकबर्षको अवधिमा बोनस तथा हकप्रद सेयर बिक्री गरेर २४ करोड रुपैयाँ रहेको चुक्तापूँजी बढाएर ४५ करोड पुर्याएको छ । यस अवधिमा बैंकको जगेडा कोषमा १४ करोड १८ लाख रुपैंया छ । तर पूँजी बढे अनुपातमा बैंकको आम्दानी हुन नसक्दा प्रतिसेयर आम्दानीमा गिरावट आएको हो ।

बैंकको ब्याज आम्दानी बढेपनि ब्याज खर्चमा भएको वढोत्तरी, कर्मचारी खर्च तथा जोखिम व्यवस्थापन वापतको खर्च बढेपछि नाफा बढ्न नसकेको हो । यसअवधिमा बैंकको संचालन मुनाफा नै मात्रै २० लाखले बढेको छ ।

बैंकले सम्भावित जोखिम व्यवस्थापनमा ५४ लाख ३० हजार रुपैयाँँ छुट्टाएको छ । यस अवधिमा ६ लाख ९२ हजार रुपैया खराब कर्जा असुली गरेकोे छ ।

 बैंकले खराब कर्जामा सुधार गरेको छ । यस अवधिमा बैंकको खराब कर्जा शुन्य दशमलव ६६ प्रतिशत कायम भएको छ । गत बर्षको यसै अवधिमा १.९७ प्रतिशत थियो । बैंकको प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ५० पैसा, तरलता अनुपात १८.१५ प्रतिशत, पूँजीकोष अनुपात १७.३० प्रतिशत रहेको छ ।

राष्ट्र बैंकको निर्देशन अनुसार बैंकले ५० करोड रुपैयाँ चुक्तापूँजी पुर्याउनु पर्ने हुन्छ । बैंकले गतबर्षको कमाईबाट १६.०३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । बोनसपछि बैंकको पूँजी ५२ करोड नाघ्नेछ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।