इन्भेष्टमेन्ट बैंकको कर्जा प्रवाह एक खर्ब १३ अर्ब नाघ्यो,नाफा १ अर्ब ८३ करोड

Jan 28, 2018 merolagani

चालु आर्थिक बर्षको दोस्रो त्रैमास अर्थात पुष मसान्तसम्ममा नेपाल इन्भेष्टमेन्ट बैंक(NIB) को कर्जा प्रवाह एक खर्ब १३ अर्ब नाघेको छ । गतबर्षको यसै अवधिमा ९६ अर्ब कर्जा प्रवाह गरेको बैंकको कर्जा प्रवाह १७ प्रतिशतले बढेको हो । यसअवधिमा बैंकले एक अर्ब ८३ करोड खुद नाफा कमाएको छ ।



बैंकको खुद नाफा १५.४९ प्रतिशले बढेको हो । गतबर्षको यसैअवधिमा बैंकले १ अर्ब ५८ करोड रुपैयाँ खुद नाफा गरेको थियो । पुषमसान्तसम्ममा बैंकले एक खर्ब २९ करोड निक्षेप संकलन गरेको छ भने एक खर्ब १३ अर्ब कर्जा प्रवाह गरेको छ । बैंकको निक्षेप ११.३५ प्रतिशत तथा कर्जा १७.५४ प्रतिशतले बढेको छ ।

बैंकको वित्तीय विवरणमा नाफा, कर्जा लगानी र निक्षेप परिचालन बढेको देखाएको छ ।

यस अवधिमा बैंकको सिसिडि रेशियो ७८.४७ प्रतिशत छ । बैंकको कोषको लागत ६.२१ प्रतिशत तथा आधार दर ९.० प्रतिशत छ । स्प्रेड दर ४ प्रतिशत रहेको छ ।

बैंकको प्रतिसेयर आम्दानी ३४ रुपैयाँ ६२ पैसा रहेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।