शतप्रतिशत बोनसपछि स्टान्डर्ड चार्टर्डको यस्तो देखियो अवस्था

Jan 29, 2018 merolagani

गतबर्षको नाफा र जगेडाबाट शतप्रतिशत बोनस बाडेर आठ अर्ब चुक्तापू्ँजी पुर्याएको स्टान्डर्ड चार्टर्ड बैंक (SCB) ले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा खुद नाफा बढाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले यसअवधिमा एक अर्ब एक करोड खुद नाफा कमाएको छ । तर बैंकको पूँजी बढेको अनुपातमा आम्दानी कम हुँदा प्रतिसेयर आम्दानी खस्केको छ ।

बैंकको नाफा गतबर्षको यसै अवधिको तुलनामा करिब ३७ प्रतिशतले बढी हो । गतबर्षको यसै अवधिमा बैंकले ७४ करोड खुद नाफा गरेको थियो । बैंकले खुद ब्याज आम्दानी, संचालन मुनाफा, खराब कर्जा असुली तथा विदेशी मुद्राको कारोबार बाट आम्दानी बढाएपछि नाफा बढेको हो ।

तर बैंकको पूँजी बढेको अनुपातमा आम्दानी कम हुँदा प्रतिसेयर आम्दानी खस्केको छ । बैंकको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ३० पैसा छ । गतबर्ष यस्तो आम्दानी ३९ रुपैयाँ ४८ पैसा थियो ।

३ अर्ब ७४ करोडबाट आठ अर्ब एक करोड चुक्तापूँजी पुर्याएको बैंकको जगेडाकोषमा चार अर्ब ८६ करोड रुपैयाँ छ । गतबर्षको कमाई र जगेडाकोषको रकम उपयोग गरेर बैंकले शतप्रतिशत बोनस वितरण गरेको थियो । बैंकले एफपिओ बिक्री गरेर जगेडाकोष मजबुत बनाएको थियो ।

६६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ४२ अर्ब ३५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । निष्कृष्य कर्जा अनुपातलाई घटाएर शून्य दशमलव १७ प्रतिशतमा झारेको बैंकले ५ करोड ९९ लाख संम्भावित जोखिम व्यवस्था गर्दा २ करोड ६९ लाख खराब कर्जा असुलेको छ ।

बैंकको प्रतिसेयर नेटवर्थ १६०.७४ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४१.०३ गुणा रहेको छ ।

निक्षेपमा ब्याज दर बढ्दा कोषको लागत बढेर २.४२ प्रतिशत पुगेको छ । भने सीसीडी रेसियो ७८.९७ प्रतिशत नाघेको छ । यसले बैंकलाई थप कर्जा विस्तार गर्न निक्षेप बढाउनु पर्ने बाध्यता छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।