निक्षेप लागत तीन गुणा बढेपछि हिमालयनको नाफा सामान्य

Jan 29, 2018 Merolagani

चालू आवको दोस्रो त्रैमासमा हिमालयन बैंक (HBL) को नाफा आठ करोड रुपैयाँले मात्र बढेको छ । गत बर्ष दोस्रो त्रैमासमा एक अर्ब दुई करोड नाफा गरेको बैंकको नाफा एक अर्ब १० करोड पुगेको हो ।

बैंकको निक्षेप लागत २.७१ प्रतिशतबाट तीन गुणा बढेर ६.३८ प्रतिशतमा उक्लेपछि नाफा बढ्न नसकेको हो ।

चार अर्ब ५० करोड व्याज आम्दानी गर्दा बैंकले दुई अर्ब ६३ करोड व्याज खर्च गरेको छ । जसबाट बैंकले एक अर्ब ८६ करोड रुपैयाँ खुद व्याज आम्दानी गर्न सफल भएको छ ।

बैंकको आधार व्याजदरमा वृद्धि भएपछि कर्जा प्रवाहमा पनि समान्य वृद्धि देखिएको छ । यस अवधिमा बैंकले ९२ अर्ब ९७ करोड रुपैयाँ निक्षेप संकलन गरि ८२ अर्ब ५७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको अन्य सञ्चालन आम्दानी चार करोडबाट १२ करोड पुगेपनि शूल्क तथा कमिशन र विदेशी मुद्रा सटहीमा आम्दानी बढ्न सकेको छैन । कर्मचारी खर्च र अन्य सञ्चालन खर्च सामान्य बढेको छ भने कर्जा नोक्सानी वापत बैंकले २८ करोड व्यवस्था गरेको छ । यीनै कारणले बैंकको नाफा बढ्न नसकेको हो ।

चुक्ता पूँजी ६ अर्ब ४७ करोडबाट आठ अर्ब ११ करोड रुपैयाँ पुगेपछि बैंकको प्रतिसेयर आम्दानी ३१.७४ रुपैयाँबाट २७.२६ रुपैयाँमा झरेको छ । पूँजी वृद्धिको अनुपातमा आम्दानी बढ्न नसक्दा बैंकको इपिएस तल झरेको हो ।

कर्जा निक्षेप अनुपात ७९.३० प्रतिशत पुगेको बैंकको निष्कृय कर्जा अनुपात ०.९४ बाट १.३२ प्रतिशतमा बढेको छ । यसले बैंकले थप कर्जा विस्तार गर्ने अवस्था देखिँदैन ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।