मेरो माइक्रोको खुद नाफा २५ प्रतिशतले घट्यो

Jan 30, 2018 merolagani

मेरो माइक्रो फाइनान्स (MERO) ले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा ३ करोड ४५ लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको नाफा खुद नाफा गतबर्षको यसै अवधिको तुलनामा २५.५६ प्रतिशतले कम हो । गत वर्ष कम्पनीले ४ करोड ६४ लाख ४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।



कम्पनीको खुद ब्याज आम्दानी तथा संचालन मुनाफा घटेपछि नाफा घटेको हो । खुद ब्याज आम्दानी २.२८ प्रतिशत तथा सञ्चालन नाफा २५.५६ प्रतिशतले घटेको छ ।

बैंकको लागत तथा कर्मचारी खर्चका बढ्नुका साथै ब्याज समेत बढेपछि नाफा प्रभावित भएको हो ।

मेरो माइक्रोफाइनान्सले ६२ करोड ३० लाख निक्षेप संकलन गरेको छ भने कर्जा लगानी २ अर्ब ६६ करोड ४२ लाख छ ।
कम्पनीले खराब कर्जा १.२८ प्रतिशत, कस्ट अफ फन्ड ९.५९ प्रतिशत पुगेको छ । मेरोको प्रतिसेयर आम्दानी (वार्षिक) २४ रुपैयाँ १६ पैसा र प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ४० पैसा छ ।

चुक्ता पुँजी २८ करोड ६० लाख रुपैयाँ पुर्याएको कम्पनीको जगेडाकोषमा ९ करोड ८३ लाख छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।