सिद्धार्थ इन्स्योरेन्सको नाफा सामान्य बढ्यो, खुद बीमाशूल्क कति ?

Feb 14, 2018 Merolagani

सिद्धार्थ इन्स्योरेन्स कम्पनी (SIL) ले चालु आवको दोस्रो त्रैमासमा ८ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले नाफा गत आवको सोही अवधीको तुलनामा ४५ लाख बढेको हो । यस अवधिमा कम्पनीले ४४ करोड ९५ लाख खुद बीमा शूल्क आर्जन गरेको छ । जुन गतको बर्ष यसै अवधिको तुलनामा पाँच करोड बढी हो ।

६४ करोड १४ लाख चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोष १८ लाख ५४ करोडबाट घटेर ७ करोड ९० लाख रुपैंयाँ सञ्चित हुन पुगेको छ ।

सिद्धार्थ इन्स्योरेन्सले ७६ हजार ७२१ बीमालेखबाट ८७ करोड १२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । गत बर्ष कम्पनीले ५८ लाख ६९९ बीमालेखबाट ७३ करोड ९९ लाख रुपैयाँ आर्जन गरेको थियो ।

पुस मसान्त कम्पनील दुई हजार ५२८ वटा दाबीको ४६ करोड ३८ लाख रुपैंयाँ भुक्तानी गरेको देखिन्छ भने दुई हजार ४३२ दाबीको ७१ करोड ५८ लाख भुक्तानी हुन बाँकी रहेको छ । जुन गतबर्षको यसै अवधिको तुलनामा १० करोड ६७ लाख बढी हो ।

कम्पनीको बीमा कोष ३४ करोड ४४ लाखबाट ४५ करोड ६६ लाखमा पुगेको छ भने पूर्नबीमा कमिशन आय दुई करोडले बढाएर ११ करोड ५७ लाख आर्जन गरेको छ । व्यवस्थापन खर्च चार करोड बढेको कम्पनीले अभिकर्ता कमिशनमा दुई करोड २७ लाख खर्च गरेको देखिन्छ ।

इन्स्योरेन्सको प्रतिसेयर आम्दानी २७ रुपैयाँ ३९ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ १९२ रुपैयाँ ७३  पैसा रहेकाे छ ।

यसैगरी इन्स्योरेन्सले ३५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले चुक्ता पुँजी ६४ करोड १४ लाख २१ हजार ६०० रुपैयाँको ३५ प्रतिशत हकप्रद जारी गर्न लागेको हो । हकप्रद बिक्रीपछि इन्स्योरेन्सको चुक्ता पुँजी ८६ करोड ५९ लाख पुग्नेछ ।

 

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।