दोस्रो त्रैमासमा शिखर इन्स्योरेन्सको यस्तो आयो प्रगति विवरण

Feb 12, 2018 merolagani

निर्जीवन बीमा कम्पनीमा अग्रणीस्थानमा रहेको शिखर इन्स्योरेन्स (SICL) ले चालु आवको दोश्रो त्रैमासमा गत वर्षको यसै अवधिको तुलनामा ९.१६ प्रतिशतले नाफा बढाएको विवरण सार्वजनिक गरेको छ । कम्पनीले यसअवधिमा १९ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

जून गतबर्षको यसै अवधिको तुलनामा १ करोड ६५ लाख बढी हो। इन्स्योरेन्सले गत वर्षको सोहि अवधिमा १८ करोड १ लाख रुपैयाँ नाफा गरेको थियो ।

समिक्षा अवधिसम्म कम्पनीको खुद बीमा शुल्क आर्जन ७५ करोड ८३ लाख बाट बढेर ८६ करोड ५९ लाख पुगेको छ । कुल बीमा शुल्क आर्जन एक अर्ब ३३ करोडबाट एक अर्ब ६२ करोड पुगेको छ ।

१८ करोड रुपैंया पुनर्बीमा कमिशनबाट आम्दानी गरेको शिखरले लगानी कर्जाबाट ६ करोड ६८ लाख रुपैंया आम्दानी गरेको छ । उक्त अवधिमा इन्स्योरेन्सले ३५ करोड ८४ लाख रुपैंयाको खुद बीमा दाबी भुक्तानी गरेको छ ।
अभिकर्ता कमिशनमा जम्मा एक करोड ९३ लाख रुपैंया खर्चेको बीमा कम्पनीले ३४६५ वटा बीमा लेखको दाबी वापत ५१ करोड ९९ लाख रुपैंया भुक्तान गरेको छ । अब इन्स्योरेन्सले ४१६६ वटा बीमा दाबीे वापत ८६ करोड ८९ लाख रुपैंया भुक्तान गर्न बाँकी छ ।

कम्पनीको चुक्ता पूँजी एक अर्ब पाँच करोड रुपैंया छ । कम्पनीको जगेडाकोषमा १२ करोड ५३ लाख, बीमा कोषमा ७३ करोड तथा महाविपत्तिकोषमा ५ करोड २९ लाख राखेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ३७ रुपैयाँ २ पैसा कायम भएको छ । इन्स्योरेन्सको प्रतिसेयर नेटवर्थ १८६.२२ रुपैंया छ तथा मूल्य आम्दानी अनुपात ३१.३७ गुणा बढी छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।