व्याज खर्च वृद्धिले आम्दानी सुस्ताएपछि सिन्धुको नाफामा गिरावट

Jan 30, 2018 Merolagani

सिन्धु विकास बैंक (SINDU) को दोस्रो त्रैमासमा खुद नाफा २८ लाख रुपैयाँले घटेको छ । गत आर्थिक बर्षमा एक करोड ३८ लाख कमाएको बैकको नाफा एक करोड १० लाखमा झरेको हो ।

 

 

 

व्याज आम्दानीको तुलनामा अत्याधिक व्याज खर्च बढ्दा कम्पनीको खुद व्याज आम्दानीमा सकुंचन आएको देखिन्छ । शूल्क तथा कमिशन र अन्य सञ्चालन आम्दानी घट्दा तथा कर्मचारी खर्च र अन्य सञ्चालन खर्चको बढोत्तरीले बैंकको नाफा घट्न सहयोग पुगेको देखिन्छ ।

समीक्षा अवधिमा खुद व्याज आम्दानी चार करोड ६१ लाखबाट चार करोड ५२ लाखमा सीमीत भएको छ । ९ करोड ९७ लाख व्याज आम्दानी गर्दा बैंकले पाँच करोड २२ लाख खर्च गरेको हो ।

समिक्षा अवधिमा एक अर्ब ७२ करोड ७६ लाख रुपैयाँ निक्षेप संकलन गरि एक अर्ब ४१ करोड ८३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । उसको कर्जा निक्षेप अनुपात (सीसीडी) ६४.६८ प्रतिशत छ ।

४१ करोड ४१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले बार्षिक पाँच रुपैयाँ २९ पैसा प्रतिसेयर आम्दानी कायम गरेको छ । बैंकको जगेडा कोषमा आठ करोड ७२ लाख सञ्चित छ । कर्जा नोक्सानी व्यवस्था ३१ लाख गर्दा बैंकले ३८ लाख ८३ हजार रुपैयाँ असुली गरेको छ ।

पूँजी कोष अनुपात २८.७६ प्रतिशत रहेको बैंकले खराब कर्जा अनुपात ०.७८ प्रतिशतमा सीमित पारेको छ । निक्षेप लागत ४.१ प्रतिशतबाट बढेर ६.४९ पुगेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।