कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार बिहीबार बिहान ९ बजे इन्स्योरेन्सको कार्यालयमा सेयर बाँडफाँड हुनेछ । विगतको तुलनामा यस पटक कागजी प्रकृया कम भएकाले बाँडफाँ प्रकेया केही सहज बनेको क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले बताए । सिआस्वा कार्यान्वायनमा आएको खण्डमा एक सातामा सेयर बाँडफाँड गर्न सकिने उनको भनाई छ ।
इन्स्योरेन्सले निश्कासन गरेको ६ लाख ६५ हजार ५ सय ६५ कित्ता एफपीओका लागि १ लाख ८९ हजार वटा आवेदन परेका थिए । उल्लेखित आवेदनबाट ५२ करोड ६९ लाख ९२ हजार ४३५ रुपैयाको सेयरका लागि ३ अर्ब २४ करोड रुपैंया बढीको सेयर माग भएको थियो ।
१०० रुपैयाँअंकित मूल्यमा ६९९ रुपैयाँ प्रिमियम थप गरी ७ सय ९९ रुपैयाँमा सेयर बिक्री गरेको कम्पनीले ४६ करोड १० लाख रुपैंया प्रिमियम संकलन गर्नेछ । अंकित मूल्य भने अहिलेको चुक्ता पूँजी ४४ करोड ५ लाख रुपैंयामा थप भई ५१ करोड माथि पुग्नेछ ।
बीमा समितिले गरेको व्यवस्था अनुसार १ अर्ब चुक्ता पूँजी कायम गर्न कम्पनीले गत आर्थिक वर्षको कमाईबाट १३.५२ प्रतिशत बोनस बितरण गर्ने प्रस्ताव गरिसकेको छ । उक्त बोनस पश्चात कम्पनीको चुक्ता पूँजी साढे ५८ करोड नजिक पुग्नेछ । उसले चालु आर्थिक वर्षको अन्त्यसम्ममा थप ४२ करोड रुपैंया पूँजी बिस्तार गर्नु पर्ने हुन्छ । यस क्रममा उसले प्रिमियम वापत संकलन भएको रकमको सदुपयोग गर्नु पर्ने हुन्छ ।