सूर्योदयको ७०% हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

Feb 08, 2018 Merolagani

सूर्योदय लघुवित्त वित्तीय संस्था (SLBS) को ७० प्रतिशत हकप्रद सुरक्षित गर्ने विहीबार अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद जारी गर्न शुक्रबार बुक क्लाेज गर्ने भएकाले विहीबारसम्म कायम रहेका सेयरधनीले मात्र हकप्रदमा अावेदन गर्न पाउनेछन् ।  

लघुवित्तले १९ प्रतिशत बोनसअघि कायम रहेको चुक्ता पूँजी चार करोडको ७० प्रतिशतले हुने दुई लाख ८० हजार कित्ता हकप्रद जारी गर्न लागेको हो ।

लघुवित्तको सेयर निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ । हाल चार करोड ७६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुत्तिको हकप्रद विक्री पश्चात ७ करोड ५६ लाख रुपैयाँ पुग्नेछ ।

लघुवित्तले माघ ११ गते धिताेपत्र बाेर्डबाट हकप्रद जारी गर्ने अनुमति प्राप्त गरेकाे थियाे ।

चालू आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिमा कम्पनीले एक करोड एक लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ४२ रुपैयाँ ७१ पैसा कायम गरेको छ ।

कम्पनीको सेयर विहीबार प्रतिकित्ता १३४५ रुपैयाँ हाराहारीमा कारोबार भैरहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।