सेयर बजार घटेपछि धितोपत्र बोर्ड समक्ष लगानीकर्ता संघको गुहार

Feb 09, 2018 Merolagani

पछिल्लो समय बजारमा केही फराकिलो अन्तरको गिरावट आउँदा नियामक तथा फ्रन्टलाइन रेगुलेटर गुहार्ने चलन बढ्दै गएको छ । दिनहुँ सेयर बजार घटेर तल्लो विन्दुमा आउनुका साथै कारोबार रकम समेत निराशाजनक भए पछि पूँजीबजार लगानीकर्ता संघ धितोपत्र बोर्ड गुहार्न पुगेको छ । संघले बोर्ड समक्ष १२ बुँदे माग राख्दै तत्काल बजार सुधार र बिस्तार तिब्र पार्न आग्रह गरेको हो । 

कुनै बेला लगानीकर्ताका तर्फबाट आवाज उठाउने एउटा मात्र संस्था थियो । अहिले यस्ता संस्थाहरुको संख्या एक दुना दुई, दुई दुना चार हुने क्रममा छ । सबै संघहरु बजार बढेका बेला सेयर बजार सुधारका सम्बन्धमा खासै आवाज उठाउँदैनन् । तर जब जब बजार ओरालो लाग्छ अनि बजार सुधारको चर्को नारा सुरु हुन्छ ।

शुक्रबार लगानीकर्ताहरुको कान्छो संस्था पूँजीबजार लगानीकर्ता संघले पनि यही श्रृङ्खला स्वरुप धितोपत्र बोर्डमा १२ बुँदे ज्ञापन पत्र बुझाएको हो । यस अघि बुझाइएका ज्ञापनका केही बुँदाहरु सहित संघले बोर्डलाई बजार सुधारका लागि आग्रह गरेको हो । तर संघले विगतमा आफुहरुले दिएका सुझाव र माग कति अघि बढ्यो भन्ने सम्बन्धमा चासो दिएको छैन । अरु संघले पनि यस्तै शैलीमा पटक पटक विषय दोहोर्याएर ज्ञापनहरु बुझाईरहेका छन् ।

लगानीकर्ता संघको ज्ञापन बुझ्दै धितोपत्र बोर्डले संघका सुझाव अनुसार बजार सुधारका कामहरु अघि बढिरहेको जानकारी गराएको छ । संघले उठाएका विषय महत्वपूर्ण रहेको भन्दै यस अघि आएका माग तथा सुझावहरुलाई समेत बोर्डले सकरात्मक रुपमा लिएको जवाफ बोर्डले संघका पदाधिकारीलाई दिएको थियो ।

संघले बोर्डलाई बुझाएको ज्ञापनको पहिलो बुँदामा अहिले सेयर दलालहरुले लिँदै आएको ०.६ प्रतिशत कमिशनलाई अधितम ०.२५ प्रतिशत बनाउनु पर्ने माग गरेका छन् । यो माग लगानीकर्ताका लागि ज्यादै महत्वको विषय हो । घट्दो बजारमा मात्र नभई अरु बेला पनि थोरै कमिशन तिर्दा कमाईको आकारमा केही राहत पुग्ने निश्चित छ ।

दोस्रो बुँदामा अनलाइन कारोबारको मिति तोकेर घोषणा गर्ने उल्लेख छ । तर यसका प्रकृयागत उल्झनमा सहकार्यको विषय उल्लेख छैन । नेप्सेले आगामी साउनदेखि अनलाइन कारोबार प्रणाली सुरु हुने बताई सकेको छ ।

तेस्रो बुँदामा वाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स दिँदै उपत्यकामा ५० र मोफसलमा १०० सेयर दलाल तत्काल थप गर्नु पर्ने माग छ । नेप्सेको संरचनामा परिवर्तन, नयाँ स्टक एक्सचेञ्जको तत्काल स्थापनाको माग पनि संघले गरेको छ ।

त्यसैगरि गैर अवासीय नेपाली तथा संस्थागत विदेशी लगानीकर्ता भित्र्याउन कार्यविधि बनाएर सार्वजनिक गर्न माग गरेको संघले बुझाएको ज्ञापन यस्तो छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।