सेयरको उच्च आपूर्तिले घटायो बजार, चार अर्ब ६४ करोडको हकप्रद बजारमा

Feb 13, 2018 Merolagani

प्रभु बैंक सहित अहिले बजारमा नौ कम्पनीका चार अर्ब ६४ करोड एक लाख २९ हजार १७८ रुपैयाँ बराबरको चार करोड ६४ लाख एक हजार १२९ दशमलव ७८ कित्ता हकप्रद सेयर जारी भैरहेका छन् । 

ती मध्ये ग्रीन डेभलपमेन्ट र पोखरा फाइनान्स काे हकप्रद एक हप्तामा भरिसक्नुपर्नेछ । सेन्ट्रल फाइनान्स र प्रभू बैंकको फागुन १३ गते, कर्णाली डेभलपमेन्टलुम्बिनी विकास बैंकको फागुन १६ गते, कामना सेवा विकास बैंकश्री इन्भेष्टमेन्ट फाइनान्सको फागुन २० गते र नेको इन्स्योरेन्सको हकप्रद लगानीकर्ताले चैत १ गतेभित्र भरिसक्नुपर्नेछ ।

सेन्ट्रल फाइनान्सले हकप्रद भर्ने मिति थप गरेको हो । अन्य कम्पनीले पनि निर्धारीत मितिमा हकप्रद बिक्री नभएमा धितोपत्र बोर्डको व्यवस्था बमोजिम बढीमा १५ दिन आवेदन दिने समय थप गर्न सक्नेछन् । 

हेर्नुहोस् कुन कम्पनीको हकप्रद कहिलेसम्म कायम रहेका सेयरधनीले भर्न पाउँछन्

 

यहाँ बुक क्लोजको अधिल्लो दिनसम्म कायम रहेका सेयरधनीले तोकिएको अनुपात सम्बन्धित विक्री प्रबन्धक तथा उसले तोकेको स्थानहरुबाट आवेदन गर्न सक्नेछन् । त्यस्तै आस्वा अनुमति प्राप्त बैंक तथा वित्ती संस्थाहरुबाट समेत आवेदन गर्न सक्नेछन् ।

हाल लगानीकर्ताबाट यतिको ठूलो रकम हकप्रदमा खर्चनुपर्दा धितोपत्रको दोस्रो बजारमा भने नेप्से परिसूचक दिनप्रतिदिन ओरोलो लाग्ने क्रम अझै जारी छ । मागभन्दा सेयरको आपूर्ति अत्याधिक हुँदा लगानीकर्ताले भएको रकम हकप्रदमै खर्च गर्नुपरेको छ । पूँजी पुर्याउने क्रममा रहेका धेरै कम्पनीको हकप्रद धितोपत्रको बोर्डको पाइपलाइनमा रहेको छ ।

लगानीकर्ता उत्साहित हुने व्यवस्था अहिले केही हुन सकेको छैन । अनलाइन टेड्रिङ कारोबार कहिलेबाट हुने अहिलेसम्म निश्चित हुन सकेको छैन । यस्तो अवस्थामा बजारमा बुलिस प्रवृत्ति तत्काल आउन नसक्ने सेयर बजारका विश्लेषक बताउँछन् ।

धेरै कम्पनीहरुले दोस्रो त्रैमासिक अवधिमा राम्रो वित्तीय विवरण प्रस्तुत गरेपनि ती कम्पनीहरुमा समेत लगानीकर्ताको चासो देखिने गरेको छैन । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई पूँजी वृद्धि गर्दा फोर्स मर्जरमा लैजान नसक्दा र प्राय धेरै कम्पनीले पूँजी कायम गर्ने औजार हकप्रदलाई नै बनाउँदा अहिलेको अवस्था सिर्जना भएको हो ।

बेला बेलामा एनआरएनलाई सेयर बजारमा भित्र्याउने कुरा भएपनि त्यसलाई कुन प्रकया र मापदण्ड अनुसार लगानी गर्न दिने तथा लगानी फिर्ता लैजाने विषयमा ठोस निर्यणमा पुग्न नसक्दा पनि बजारमा उत्साह छाउन सकेको छैन । यसले बजार घट्छ नै भनेर विश्लेषण गर्न नसकिए पनि अझै केही समय उछाल नआउने भने निश्चित छ ।

(नाेट : लगानीकर्ताले निष्काशित कम्पनीमा कति कित्ता हकप्रद आवेदन गर्न पाउँछन् भन्ने थाहा पाउन सम्बन्धित कम्पनीमा क्लिक गरि हेर्न सक्नेछन् ।)

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus