गोर्खा बियरको अनलाइन क्याम्पियनले पायो भारतीय वेभसाइट म्याड ओभर मार्केटिङबाट प्रशंसा

Feb 14, 2018 Merolagani

भारतको प्रमुख अनलाइन मार्केटिङ वेभसाइट म्याड ओभर मार्केटिङ एमओएमले नेपालको गोर्खा बियरको मिनिमल अनलाइन क्याम्पियनलाई नोटिस गरेको छ । गोर्खाको भाइरल क्याम्पियनलाई उनीहरुले अनलाइन प्ल्याटफर्म (फेसबुक, इन्ष्टाग्राम पेज र वेभसाइट) मा स्थान दिएको छ ।

गोर्खाको नयाँ क्याम्पियनको सिरिजमा गोर्खा बियरले सैनिकको त्यस्तो व्यक्तित्व र चरित्र झल्किने चिजहरुलाई दर्शाएको छ जसले उनीहरुलाई वास्तविक गोर्खा सैनिक बनाएको छ ।

यो क्याम्पियनले नेपालीहरुमा हुने तिनै वीर गोर्खाली सैनिकहरुको भावलाई देखाउन खोजेको छ । आफ्नो सोसल मिडियाको प्ल्याटफर्ममा निरन्तररुपमा अर्थपूर्ण मार्केटिङ कन्टेन्ट र आइडियाहरु पस्किने कारणले गर्दा म्याड ओभर मार्केटिङलाई विश्वभरि नै मानिसहरुलाई फलो गर्छन् र रुचाउँछन् ।

उत्कृष्ट कार्यहरुलाई सम्मान गर्नुको लागि एमओएम परिचित छ । एमओएमलाई अनलाइन मार्केटिङ क्रीटिक साइटहरुको ओस्कर नै भन्दा पनि फरक पर्दैन ।

गोर्खा बियरको यो अनलाइन क्याम्पियनलाई नेपालको लक्षित युवा जमातले निकै नै रुचाएको छ र यसले प्रमुख अनलाइन मार्केटिङ साइट एम।ओ।एमको पनि उत्कृष्ट मूल्याङ्कन पाएको छ । गोर्खा बियरको अनलाइन क्याम्पियनको प्रशंसा गर्दै म्याड ओभर मार्केटिङ एमओएमले भनेका छन्, “यो क्याम्पियन साँच्चै नै अद्वितीय छ१

म्याड ओभर मार्केटिङ एमओएमले भनेको छ, “गोर्खा बियरले यो भावलाई समावेश गरेर धारभन्दा निकै नै फरक क्याम्पियनको सृजना गरेको छ । एउटा टिपिकल एल्कोहल ब्राण्डसँग आवद्ध हुने उत्तेजित र लापरवाहीको भावबाट टाढा रहेर गोर्खा बियरले एउटा अद्वितीय क्याम्पियन बनाएको जसमा ब्राण्डको भ्यालुलाई राम्ररी उजागर गरिएको छ ।”

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।