नयाँ सरकार गठन हुने भएपछि सेयर बजारमा उत्साह

Feb 15, 2018 Merolagani

२० मिनेटमै १६ अंक बढ्याे नेप्से

प्रधानमन्त्री शेरबहादुर देउवाले विहीबार राष्ट्रको नाममा सम्बोधन गरेर बाहिरिनै लाग्दै सेयर बजार २० मिनेटमा नै १६ अंक बढीले बढेको छ । नयाँ सरकार अाएपछि पूँजी बजारमा सकरात्मक प्रभाव पर्ने अाशामा लगानीकताले खरिद चाप बढाउँदा  ३ कराेड ३३ लाख रूपैयाँकाे काराेबार भैसकेकाे छ ।  

यसअघि प्रधानमन्त्रीको उम्मेदवार रहेका एमाले अध्यक्ष केपि शर्मा ओलीले पूँजी बजार विस्तारमा सहयोग गर्ने बताएका थिए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा राष्ट्रपति विद्यादेवी भण्डारीसामु आफ्नो दाबी पेश गरिसकेका छन्। ओलीले एमाले र माओवादी केन्द्रका ५३ जना सदस्यको हस्ताक्षरसहित ओलीले दाबी पेश गरेका हुन्।

एमाले संसदीय दलको बैठक बसी ओलीलाई प्रधानमन्त्री चयन गरी अाजै ४ बजे शपथग्रहणको तयारी थालिएको बताइएकाे छ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।