तल्लो लिखुमा लक्ष्मी बैंकको अगुवाईमा चार अर्ब १९ करोड लगानी जुट्यो

Feb 23, 2018 merolagani

२८.१ मेगावाटको तल्लो लिखु जलविद्युत आयोजनामा लक्ष्मी बैंकको अगुवाईमा चार वाणिज्य बैंक तथा जलविद्युत विकास कम्पनीले सहवित्तीयरकणमा कर्जा लगानी गर्ने भएका छन् । शुक्रबार कर्जा सुविधा सम्झौतामा हस्ताक्षर भएको छ ।

श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लि. ले रामेछाप र ओखलढुंगा जिल्लाको लिखु खोलामा २८.१ मेगावाटको तल्लो लिखु जलविद्युत आयोजना निमार्ण गर्देछ ।

उक्त आयोजनाको निर्माण लागत जम्मा रुपैया ५ अर्ब ५९ करोड रहेको छ । बैंक तथा वित्तीय संस्थाहरुले आयोजना लागतको ७५ प्रतिशत (४ अर्ब १९ करोड) र वाँकी २५ प्रतिशत कम्पनीका संस्थापक तथा सर्वसाधारणहरुले लगानी गर्ने छन् ।

उक्त आयोजनामा लक्ष्मी बैंकले १ अर्व २४ करोड, कुमारी बैंकले १ अर्व, सेन्चुरी कमर्शियल बैंकले ७५ करोड, प्रभु बैंकले ४० करोड तथा जलविद्युत लगानी तथा विकास कम्पनीले ८० करोड कर्जा लगानी गर्ने भएका छन् ।

श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लि. र नेपाल विद्युत प्राधिकरण वीच विद्युत खरिद सम्बन्धि सम्झौता ०७३ साल पौष १४ गते भएको र उक्त आयोजना निर्माणको लागि उर्जा मन्त्रालयबाट ०७२ चैत्र २८ गते  विद्युत उत्पादन अनुमति प्राप्त गरेको छ ।

उत्पादन क्षमता २८.१ मेगावाट रहेको श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनले झण्डै १७०.८४ गेगावाटआवर विद्युत वार्षिक रुपमा उत्पादन गरी राष्ट्र्रिय प्रसारण लाइनमा जडान गर्ने लक्ष्य राखेको छ । यो आयोजना २०७८ साल मंसिरमा संचालनमा आएपछि स्वतन्त्र उर्जा उत्पादकहरुले उत्पादन गरेको मध्येको एक ठुलो आयोजना हुनेछ ।

श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लि. लाई सानिमा ग्रुप तथा डोल्मा इम्प्याक्ट फण्डले संयुक्त रुपमा प्रबद्र्धन गरेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।