एनआईसी एशिया क्यापिटल र स्वदेशी लघुवित्तबीच हकप्रद निष्काशन सम्झौता

Feb 23, 2018 Merolagani

स्वदेशी लघुवित्त वित्तीय संस्था (SDESI) र एनआईसी एशिया क्यापिटलबिच विहीबार शतप्रतिशत हकप्रद निष्काशन सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । 

सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत झनक राज ढुङ्गेल र स्वदेशी लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुण्य प्रसाद खनियाले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

स्वदेशीले साविकका शेयरधनीहरुलाई जारी गर्न लागेको चुक्त्ता पूँजीकाे एक बराबर अनुपातमा ११ लाख ५० हजार कित्ता हकप्रद निष्काशन गर्न  एनआईसी एशिया क्यापिटललाई तथा बिक्री प्रबन्धक नियुक्त गरेको हो । यससँगै लघुवित्तको सेयर निष्काशन क्यापिटल मार्फत हुनेछ । 

निष्काशन तथा विक्रीप्रबन्धक सँगैै एन आई सी एशिया क्यापिटल पूँंजी बजारमा लगानीकर्ताहरु माझ लोकप्रिय बन्दै गएको लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), सामुहिक लगानी कोष, निक्षेप सदस्य (डीपी) सेवा, लगानी परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।

एन आई सी एशिया क्यापिटलले निः शूल्क डीम्याट खाता खाल्नुका साथै प्रथम वर्षको डीम्याट खाता संचालन शूल्क समेत निः शूल्क गरेको जनाएको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।