ओमको १७.६९ प्रतिशत बोनस सेयर सुरक्षित गर्ने अाइतबार अन्तिम दिन

Feb 25, 2018 Merolagani

ओम डेभलपमेन्ट बैंक(ODBL) ले गत आर्थिक बर्षको नाफाबाट प्रस्ताव गरेको १७.६९ प्रतिशत बोनस सुरक्षित गर्ने आइतबार अन्तिम दिन रहेको छ । बैंकले फागुन १४ गते सेयरधनी किताब बन्द गर्ने भएकोले आजसम्म कायम सेयरधनीले मात्र बोनस प्राप्त गर्न सक्नेछन् ।

ओमले फागुन २५ गते शुक्रबार होटल माउण्ट कैलाश रिर्सोट, पोखरामा विहान १० बजे ११ औं बार्षिक साधारण सभा आह्वान गरेको छ ।

सभाबाट ३७ करोड ८१ लाख सात हजार तीन सय रुपैयाँ बोनस सेयर वितरण गर्ने तथा अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ती कार्य अगाडि बढाउन सञ्चालन समितिलाई अधिकार प्रदान गर्ने प्रस्ताव छ । 

त्यस्तै संस्थापक सेयरधनी र साधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व हुने गरी ६ जना सञ्चालक समितिको निर्वाचन गर्ने भएको छ । सञ्चालकको बैठक भक्ता बढाउने र कार्यकारी सञ्चालक र कार्यकारी प्रमुखको कार्यकाल कायम गर्ने प्रस्ताव पारित गर्ने प्रस्ताव पनि साधारण सभामा छ ।

गत असार २ गते पछाडि सेयर खरिद गरि बोनस पाउन योग्य सेयरधनीले भने बोनसमा लाग्ने कर तिर्नुपर्ने बैंकले जनाएको छ । दुई अर्ब १३ करोड ७१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको ओमको बोनसपछि दुई अर्ब ५१ करोड ५१ लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

चालु आवको दोस्रो त्रैमासमा ओमले १५ करोड तीन लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १४ रुपैयाँ ०७ पैसा कायम गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।