लक्ष्मी बैंकद्धारा प्रहरी चौकी निर्माणमा सहयोग

Feb 26, 2018 Merolagani

लक्ष्मी  बैंकले सुनसरी जिल्लाको भोक्राहामा नयाँ शाखाको शुभारम्भ गरेको अवसरमा प्रहरी चौकी निर्माणको लागि  ५ लाख रुपैयाँको सहयोग प्रदान गरेको छ ।

सो शाखा कार्यालयको समुद्घाटन समारोहमा लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्गले भोक्राहा प्रहरी चौकी निर्माण उपभोक्ता समितिका अध्यक्ष महेन्द्र कुमार शाहलाई उक्त सहयोग रकम प्रदान गरेका छन् ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।