सिटिजन्स बैंकले कास्कीको सिमलचौरमा खोल्यो शाखा

Feb 27, 2018 Merolagani

सिटिजन्स बैंकले कास्कीको सिमलचौरमा नयाँ शाखा बिस्तार गरेको छ । सरकारको चाहना अनुसार संघीय संरचना कार्यान्वायनमा आएसँगै स्थानीय तहबाटै सेवा दिनको लागि नयाँ शाखा बिस्तार गरिएको बैंकले जनाएको छ । बैंकले बिस्तार गरेको यो शाखा ६८ औं हो ।

७६६ वटै स्थानीय तहमा पुग्नुपर्ने नियमन निकाय र सरकारको चाहना अनुसार शाखा बिस्तार गरिएको बैंकद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । बैंकको नयाँ शाखाको उद्घाटन बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले गरेका हुन् ।

नयाँ शाखा बिस्तारसँगै सिटिजन्सले ६८ वटा शाखा, ६५ वटा ए.टि.एम. काउन्टर र ९९ वटा शाखा रहित आधुनिक बैंकिङ्ग सेवाहरुबाट बैंकिंग सेवा दिन थालेको छ । बैंकको ग्राहक संख्या करिव ३ लाख ५० हजार रहेको बैंकले जनाएको छ ।

आफ्ना सेवाग्राहीलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु , रेमिट्यान्स सेवा, ड्राफ्ट, भिसा ए.टि.एम. कार्ड सेवा, भिसा इन्टरनेसनल कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधा बैंकले दिंदै आएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।