रिलायन्स फाइनान्सको हकप्रद बाँडफाँड

Feb 27, 2018 Merolagani

रिलायन्स फाइनान्स कम्पनी (RLFL) को ४५ प्रतिशत हकप्रद फागुन १० गते विहीबार बाँडफाँड भएको छ । फाइनान्सको धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक सनराइज क्यापिटलले मंगलबार सूचना प्रकाशित गरि हकप्रद बाँडफाँड गरिएकाे जानकारी दिएको हाे ।

फाइनान्सले गत मंसिर ७ गतेसम्म कायम रहेका सेयरधनीहरुलाई मंसिर २२ गतेदेखि १० बराबर चार दशमलव पाँच कित्ता अनुपातमा २३ लाख ६ हजार ५७१ दशमलव ६० कित्ता सेयर माघ १२ गतेसम्म बिक्री गरेको थियो ।

५१ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको रिलायन्सको हकप्रदपछि ७४ करोड ३२ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक बर्षको नाफाबाट ६ करोड रुपैयाँको बोनस वितरण गर्दा फाईनान्सको चुक्ता पूँजी राष्ट्र बैंकले तोकेको ८० करोड रुपैयाँ पुग्नेछ ।

गत आर्थिक बर्षको चौथो त्रैमासमा कम्पनीले १० करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । त्यस यता  चालू अावकाे भने पहिलो र दोस्रो त्रैमासिक प्रतिवेदन दुबै कम्पनीले सार्वजनिक गरेको छैन ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।