एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्डको कहाँ कति छ लगानी ?

Feb 28, 2018 Merolagani

एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–१ (NMBSF1)  को माघ महिनामा प्रतिइकाई खुद सम्पति मूल्य ३४ पैसाले घटेको छ । पुस मसान्तमा १४ रुपैयाँ १ पैसा प्रतिइकाई खुद सम्पति मूल्य रहेकोमा १३ रुपैयाँ ६७ पैसामा झरेको छ ।

सुलभ इन्भेष्टमेन्ट फण्डको खुद सम्पत्ति पुस महिनाको भन्दा दुई करोड ५३ लाखले घटेर एक अर्ब दुई करोड ५३ लाख ४९ हजार ६४५ रुपैयाँ कायम भएको छ । फण्डले ६० कम्पनीका सात लाख ८७ हजार ७७७ सूचीकृत धितोपत्रमा ४५ करोड ३५ लाख २० हजार ५६० रुपैयाँ लगानी गरेको छ । जुन पुस मसान्तको भन्दा एक करोड दुई लाख कम हो । सेयरको बजारमूल्य घटेसँगै फण्डको लगानीमा गिरावट आएको हो ।

फण्डले १६ वटा वाणिज्य बैंकको धितोपत्रमा १५ करोड ९४ लाख रुपैयाँ, १२ वटा बीमा कम्पनीको धितोपत्रमा ११ करोड ६१ लाख रुपैयाँ लगानी गरेको छ । १७ लघुवित्त कम्पनीको धितोपत्रको आठ करोड २८ लाख रुपैयाँ, ९ विकास बैंकको धितोपत्रमा तीन करोड ५१ लाख, तीन होटल्सको धितोपत्रमा एक करोड दुई लाख रुपैयाँ लगानी छ ।

त्यस्तै बुटवल पावरको एक करोड २५ लाख, र नेपाल दुरसञ्चार कम्पनी र नागरिक लगानी कोषको धितोपत्रमा तीन करोड ७० लाख लगानी गरेको छ । फण्डले सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीमा दुई करोड ६१ लाख रुपैयाँ बराबरको ३४ हजार २९५ कित्ता सेयरमा लगानी रहेको छ ।

फण्डको बैंक मौज्दातमा ४२ हजार रुपैयाँ बढेर ३९ करोड ५३ लाख ५३ हजार ६६७ रुपैयाँ छ । यसले आइपिओ र हकप्रदमा गरेको लगानी रकम एक करोड ५३ लाखले घटेर चार करोड १९ लाख ४४ हजार १७८ रुपैयाँमा सीमित भएको छ ।

फण्डले सात करोड ५० लाख इकाइ सर्वसाधारणमा जारी गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।