सेयर लगानीकर्ता निर्मल प्रधान किन पुगे काठमाण्डौं जिल्ला अदालत ?

Mar 01, 2018 Merolagani

सेयर लगानीकर्ता निर्मल प्रधान अदालती प्रकृयाका दौरान भएको कोर्ट फी छली असुल गर्न माग गर्दै काठमाण्डौं जिल्ला अदालत पुगेका छन् । यस अघि अदालतका न्यायाधीसहरु विरुद्ध न्याय परिषदमा उजुरी दर्ता गरेका प्रधानले अदालतमा एनबी ग्रुपका लक्ष्मी बहादुर श्रेष्ठका बिरुद्ध उजुरी दर्ता गरेका हुन ।

राजधानी इन्भेष्टमेण्ट फण्डका अध्यक्ष समेत रहेका प्रधानले आफुसँगको कारोबार सम्झौता अनुसार नगरेको भन्दै लक्ष्मीबहादुरले अदालतलाई पनि कारोबार अनुसारको कोर्ट फी नतिरेको उजुरी दर्ता गरेका हुन् । आफुले सम्झौता अनुसार १० करोड ७५ लाख रुपैंया पाउनु पर्नेमा ७ करोड १६ लाख ७४ हजार २७९ रुपैंया चरणबद्ध रुपमा जम्मा गरेको प्रधानको भनाई छ ।

उक्त रकमको १० प्रतिशतले हुने ७१ लाख ६७ हजार ४२६ रुपैंया रकम कोर्ट फी वापत जम्मा गर्नु पर्नेमा जम्मा १७ लाख ९१ हजार ८६० रुपैंया मात्र जम्मा गरी अदालतको फैसला कार्यान्वायन नगराएको उजुरीमा उल्लेख छ । लक्ष्मी बहादुर श्रेष्ठले अदालतको ५३ लाख ७५ हजार ५७० रुपैंया कोर्ट फी अपचलन गरेको भन्दै उक्त रकम असुली गर्न प्रधानले अदालतसँग आग्रह गरेका छन् ।

 

उच्च अदालत पाटनका न्यायाधीशहरु आर्थिक चलखेलमा लागेको भन्दै न्याय परिषदमा उजुरी

अदालतमा प्रधानले दर्ता गरेको उजुरी यस्तो छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।