मञ्जुश्री फाइनान्सको हकप्रद चैत ८ गतेदेखि

Mar 04, 2018 Merolagani

मञ्जुश्री फाइनान्स कम्पनी (MFIL) ले आगामी चैत ८ गतेदेखि पाँच प्रतिशत हकप्रद निश्कासन गर्ने भएको छ । फाइनान्सले एक सय बराबर ५ को अनुपातमा एक सय रुपैयाँ अंकित दरका तीन लाख ६२ हजार १९० कित्ता हकप्रद सेयर निश्कासन गर्न लागेको हो ।

फाइनान्सको सेयर बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटल रहेको छ । सेयरधनीले धितोपत्र बोर्डबाट आस्वा सेवाको अनुमति पाएका सबै बैंक तथा बित्तीय संस्था र तिनका शाखाबाट हकप्रदका लागि आवेदन दिन सक्नेछन् ।

त्यस्तै क्यापिटलको मुख्य कार्यालय लाजिम्पाट, शाखा कार्यालय लगनखेल तथा पोखरा, मञ्जुश्री फाइनान्सको बानेश्वर तथा सबै शाखा कार्यालयबाट २०७५ बैशाख १२ गतेसम्म आवेदन गर्न सकिने व्यवस्था गरिएको क्यापिटलले जनाएको छ । फाइनान्सले हकप्रद निष्काशन गर्न फागुन ९ गते बुकक्लोज गरेकाले फागुन ८ गतेसम्म कायम सेयरधनीले मात्र हकप्रदमा आवेदन गर्न पाउनेछन् ।

गत असोज २५ गते सम्पन्न विशेष साधारण सभाबाट पारित गरेको कम्पनीको हकप्रद जारी गर्ने प्रस्ताव धितोपत्र बोर्डबाट माघ ९ गते स्वीकृत भएको थियो ।

७२ करोड ४३ लाख ७९ हजार रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सको ६ प्रतिशत अर्थात चार करोड ३४ लाख ६२ हजार सात सय रुपैयाँ बोनस र पाँच प्रतिशत हकप्रदपछि ८० करोड ४० करोड ६० लाख रुपैयाँ पुग्नेछ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा फाइनान्सले चार करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ११ रुपैयाँ ४३ पैसा कायम गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।