१५ खर्ब मुनी झर्यो लगानीकर्ताको सम्पत्ति, ३१ कम्पनीको सेयरमूल्य बढ्यो

Mar 18, 2018 Merolagani

सेयर बजारमा गिरावटको श्रृङ्खला नरोकिँदा लगानीकर्ताको सम्पत्ति मापन गर्ने समग्र बजार पूँजीकरण १४ अर्ब ९७ अर्ब रुपैयाँमा खुम्चिन पुगेको छ । बजारमा हकप्रद सेयरको बढ्दो आपूर्ति र ठूला लगानीकर्ता बजारमा प्रवेश नगर्दा बजार माथि जान सकेको छैन ।

गत विहीबार बजार सामान्य बढेपनि आईतबार फेरी घटेको छ । झण्डै दोहोरो अंकले घटेको साताको पहिलो दिन बजार घटेपनि ३१ कम्पनीको सेयरमूल्य भने बढेको छ ।

सेयर बजारमा सबैभन्दा बढी सेयर कारोबार हुने 'क' वर्ग समूहको परिसूचक नाप्ने सेन्सेटिभ इन्डेक्स ०.७० प्रतिशतले घटेर २७२.४७ अंकमा झरेको छ । समग्र सेयर बजार परिसूचक नेप्से ९.४० अंकले ओरालो लागेर १२७८ दशमलव ९६ अंकमा बन्द भएको छ ।

गत विहीबारको तुलनामा कारोबार रकममा भने सुधार आएको छ । १५२ कम्पनीका ८ लाख ३३ हजार ९८६ कित्ता सेयर ३ हजार ८०५ पटकको कारोबार हुँदा ३० करोड चार लाख रुपैयाँको सेयर किनबेच भएको छ । जुन विहीबारको तुलनामा ७ करोड रुपैयाँ बढी हो ।

कारोबारमा आएका नौ वटै उप-समूहमा रातो रङ्ग पोतिएको छ । होटल समूह सबैभन्दा बढी ७० अंकले घट्दा अन्य समूह सबैभन्दा कम १.३२ अंकले ओरालो लागेको छ ।

यसदिन सबैभन्दा बढी ७० प्रतिशत लाभांश घोषणा गरेको नेपाल लाईफको सबैभन्दा बढी दुई करोड ६३ लाख रुपैयाँ बराबरको सेयर खरिद विक्री भएका छन् । बैंक घोटालाका अभियुक्तलाई सिआईबीले पक्राउ गरेपछि नेपाल क्रेडिट एण्ड कर्मस बैंकको सेयर कारोबार आइतबार अधिक भएको छ । सेयरमूल्य घटेपछि बैंकको सबैभन्दा बढी ८६ हजार २०२ कित्ता सेयर दुई करोड ३२ लाख रुपैयाँमा किनबेच भएको हो । सूर्या लाईफ इन्स्योरेन्सको संस्थापक, नबिल बैंक र इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयर सकेत एक करोड बढीको कारोबार भयो ।

३१ कम्पनीका सेयरधनीले कमाएका बजारमा सबैभन्दा बढी कमाएका छ्याङ्दी हाईड्रोका लगानीकर्ताले पनि ४ प्रतिशतले मात्र कमाउन सके । स्वदेशी लघुवित्त, युनाईटेड इन्स्योरेन्स र बेष्ट फाइनान्सको सेयरमूल्य ३ प्रतिशत बढीले बढेको छ ।

उता अधिकाशं कम्पनीको सेयरमूल्य घटेको बजारमा अपि पावरका सेयरधनीले १० प्रतिशतले गुमाएका छन् । कालिका माईक्रोक्रेडिट, सोल्टी होटल, लक्ष्मी लघुवित्त र सूर्या लाईफ इन्स्योरेन्सको सेयर मूल्य पनि ४ प्रतिशत बढीले घट्न पुगेको छ । नेशनल हाईड्रोपावरेको सेयरमूल्य भने आईपिओभन्दा कम प्रतिकित्ता ९७ रुपैयाँमा झरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।