दोर्दीखोला जलविद्युत कम्पनीले आइपिओ जारी गर्ने

Mar 20, 2018 merolagani

दोर्दीखोला जलविद्युत कम्पनी लिमिटेड (DORDI) ले आईपिओ निष्कासनको प्रस्ताव राखेर चैत २८ गते साधारण सभा बोलाएको छ । कम्पनीले सर्वसाधारण र आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्काशन गर्ने भएको हो ।

साधारणसभाबाट उक्त प्रस्ताव पारित भएपछि आईपिओ निष्कासनको काम अघि बढ्नेछ । आइपिओ कति निष्कासन गर्ने भन्ने बिषयमा साधारणसभाले तय गर्नेछ ।

कम्पनीले लम्जुङमा १२ मेगावाटको दोर्दीखोला एक आयोजना निर्माण गरिरहेको छ । आयोजना आउदो डेढ वर्षमा सम्पन्न हुने लक्ष्य कम्पनीको छ ।

आयोजनाको अनुमानित लागत २ अर्ब २९ करोड रुपैयाँ छ । उक्त आयोजनामा सानिमा बैंकको नेतृत्वमा लक्ष्मी बैंक,कृषि विकास बैंक, कैलाश विकास बैंक लगायतले एक अर्ब ४० करोडको ऋण लगानी छ ।

आयोजना संचालक समुह सिईडिबी हाइड्रोले लमजुङ जिल्लामा ४.४ मेगावाट क्षमताको राधी साना जलविद्युत आयोजना तोकिएको समय अगावै सम्पन्न गरेको थियो।  ११ मेगावाटको तल्लो खारे खोला निमार्णधिन छ भने ४.३ मेगावाटको अर्को आयोजना रुकुम गाड जलबिधुत आयोजनाको सर्वेक्षण अनुमति प्राप्त गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।