माथिल्लो चाकु ‘ए’ जलविद्युत् ९५ प्रतिशत सम्पन्न

Mar 20, 2018 Merolagani

निजी क्षेत्रबाट सञ्चालित सिन्धुपाल्चोकको चाकु ‘ए’ जलविद्युत् आयोजनाको काम हालसम्म ९५ प्रतिशत सम्पन्न भएको छ । निजी क्षेत्रको शिवश्री हाइड्रोपावर कम्पनी प्रालिद्वारा निर्माण भइरहेको २२.१ मेगावाट क्षमताको सो आयोजना आगामी २०७५ सालको वैशाख अन्तिमसम्म सम्पन्न हुने कार्यकारी निर्देशक उमेश कसजूले बताए ।

चाकु बजारबाट २० किमी माथि रहेको सो आयोजनाको कुल लागत तीन अर्ब रुपैयाँ रहेकोमा लागत वृद्धि भई अब प्रति मेगावाट १८ करोडले झण्डै चार अर्ब रुपैयाँ पुगेको छ ।

वि.सं. २०६८ मा शुरु भई तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेपनि २०७१ को जुरे पहिरो, २०७२ को भूकम्प तथा भारतीय नाकाबन्दी र २०७३ को भोटेकोशी नदीमा आएको बाढीले असर पु-याएपछि आयोजना सम्पन्न हुने समयसीमा लम्बिएको आयोजनाले जनाएको छ ।

साविक फुल्पिङकट्टी गाविसको हाल भोटेकोशी गाउँपालिका अन्तर्गत चन्द्रापुमा बाँधबाँधी ३.३ किमी सुरुङमार्गद्वारा मार्मिङको याङ्लेफाँटमा निर्मित विद्युत गृहमा पानी खसालिनेछ ।

आयोजनास्थलदेखि लामो साँघुस्थित सव स्टेशनसम्मको २२ किमी प्रशारण लाइनद्वारा केन्द्रीय प्रशारण लाइनमा जोडिनेछ । हालसम्म विद्युत् गृहमा मेसिन तथा प्रशारण लाइनको तार जडान गर्न मात्र बाँकी रहेको आयोजनाले जनाएको छ ।

उक्त कम्पनीले सिन्धु्पाल्चाेकमा अपर बलेफी आयोजनाको निर्माण कार्यलाई समेत तीव्रता दिएको छ । ६ अर्ब रुपैयाँ लगानीमा ३६ मेगावाटको विद्युत् आयोजनाको निर्माण कार्यलाई तीव्रता दिइएको कार्यकारी निर्देशक कसजूले बताए ।

शिव श्री हाइड्रोपावरले आयोजना प्रभावित सिन्धुपाल्चोकका स्थानीय बासिन्दालाई १४ लाख ७६ हजार चार सय कित्ता साधारण सेयर निष्कासन गर्न नियामक निकाय धितोपत्र बोर्डसँग माघ २४ गते अनुमति माग गरेको छ । 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।