एभरेष्ट इन्स्योरेन्सले ५१ प्रतिशत संस्थापक सेयर कायम गरेर यसरी पुर्याउँदै छ चुक्ता पूँजी

Mar 22, 2018 merolagani

एभरेष्ट इन्स्योरेन्स कम्पनी (EIC) ले ५१ प्रतिशत संस्थापक सेयर कायम गर्ने भएको छ । बीमा समितिको स्वीकृति पश्चात कम्पनीले संस्थापकको ५१ तथा साधारणसेयरधनीको ४९ प्रतिशत शेयर हिस्सा कायम गर्न लागेको हो । उक्त प्रस्ताव पारित गर्न कम्पनीले बैशाख १० गते वार्षिक साधारण सभा राखेको छ ।

उक्त साधरणसभाले हाल कायम चुक्ता पूँजीको दश प्रतिशत बोनस सेयर वितरण गर्ने र तत्पश्चात कायम पूँजीमा ५१ प्रतिशत हिस्सा संस्थापक तथा ४९ प्रतिशत हिस्सा साधारण सेयर कायम गर्ने भएको छ । साथै यसअघि प्रस्ताव गरेको १ः६ अनुपातको हकप्रद शेयर परिमार्जन गर्ने प्रमुख कार्यकारी कमल गौतमले जानकारी दिए ।

दश प्रतिशत बोनस पश्चात कम्पनीको चुक्ता पँजी १३ करोड ३६ लाख ५० हजार रुपैयाँ कायम छ । कम्पनीले चालु आर्थिक बर्षको दोस्रो त्रैमासको प्रतिवेदनमा बोनस पूँजीकृत गरिसकेको छ ।

अब कम्पनीले १३ करोड ३६ लाख ५० हजार चुक्ता पूँजीको एक सय पाँच प्रतिशत (१ः१.०५) अनुपातमा  संस्थापक हकप्रद सेयर हाल कायम रहेका सेयरधनीहरुलाई जारी गर्नेछ ।

कम्पनीले १४ करोड ३ लाख ३२ हजार रुपैयाँ बराबरको संस्थापक हकप्रद जारी गरेपछि कम्पनीको चुक्ता पूँजी २७ करोड ३९ लाख रुपैयाँ पुग्नेछ । साथै यसपश्चात कम्पनीमा संस्थापक तथा साधारण सेयरधनीको हिस्सा अनुपात ५१ : ४९ प्रतिशत कायम हुनेछ ।

त्यसपश्चात कम्पनीले सबै सेयरधनीहरुलाई तीन सय प्रतिशत (१ः३ ) अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव अघि सारेको छ । यो हकप्रद पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब ९ करोड ५९ लाख ३ सय रुपैयाँ कायम हुनेछ । ।

यदि कम्पनीले पुरानै प्रस्ताव बमोजिम ६ सय प्रतिशत हकप्रद निष्कासन गरेको भए कम्पनीको चुक्ता पूँजी थप सात करोड नपुग्ने अवस्था रहन्थ्थो ।

संस्थापक र सर्वसाधारण सेयरधनीको हिस्सा अनुपात ५१ : ४९ प्रतिशत गर्दा कम्पनीका लगानीकर्ताले दुई पटक हकप्रद सेयर खरिद गर्नुपर्ने भएको छ । पहिलो पटक खरिद गरेको हकप्रद संस्थापक कायम हुनेछ । दोस्रो पटकको हकप्रद जुन संस्थापक भए संस्थापक, साधारण भए साधारण कायम हुने छ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीको चैत २६ गतेदेखि बैशाख १० गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ ।


एभरेष्टको पूँजी योजना

यदि तपाईसँग आजको दिनमा १०० कित्ता सेयर छ

१० प्रतिशत बोनसपछि ११० कित्ता पुग्नेछ ।

११० कित्ताको १०५ प्रतिशत हकप्रद पश्चात तपाईसँग २२५.५ कित्ता सेयर हुनेछ । जसमध्ये ११० कित्ता साधारण र ११५.५ कित्ता संस्थापक सेयर कायम हुनेछ ।

त्यसपश्चात ३०० प्रतिशत हकप्रद खरिद गर्दा तपाईसँग ६७६.५ कित्ता सेयर हुनेछ । जसमध्ये ३३० कित्ता साधरण र ३४६.५ कित्ता संस्थापक सेयर हुनेछ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।