एनआईसी एशियाको इलाममा शाखा रहित बैंकिङ्ग सेवा

Mar 30, 2018 Merolagani

एनआईसी एशिया बैंक (NICA) ले इलामको मा शुक्रबारदेखि शाखारहित बैंकिङ्ग सेवा सुरुवात गरेको छ । उक्त बैंकिङ्ग सेवाको उद्घाटन मानव अधिकार निगरानी समितीका अध्यक्ष चन्द्रमणि गौतमले गरे ।

शाखा रहित बैकिङ्ग सेवा सञ्चालनका लागि बैंकले धर्ममणि गौतमलाई प्रतिनिधि नियूक्त गरेको छ । सेवा सुरुवातसँगै ग्रामीण भेगका स्थानीयले आफ्नै प्रतिनिधिद्धारा बैंकिङ्ग कारोवार गर्न सक्नेछन् । 

शाखारहित बैंकिङ्ग प्रणलीबाट निक्षेप खाता खोल्न, रकम जम्मा गर्न र झिक्न, मोबाईल, डिस होम, एडिएसएल रिचार्ज गर्ने, महशुल भूक्तानी गर्न तथा कर्जा सम्बन्धी कारोवार र संक्षिप्त बैंक खाता विवरण लिन सकिनेछ ।

बैंकले हालसम्म चार शाखा रहित बैंकिङ्ग सेवा र देशभर १८७ शाखासञ्जालबाट वित्तीय सेवा प्रदान गर्दे आईरहेको छ ।

 

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।