एनआईबिएल एस क्यापिटलको ३ शाखा विस्तार,डिम्याट खाता डेढ लाख नाघ्यो

Apr 03, 2018 Merolagani

एनआईबिएल एस क्यापिटल (NIBLAceCapital) ले एकैसाथ वीरगञ्ज, बुटवल र विराटनगरमा ३ नयाँ शाखा विस्तार गरेको छ । ग्राहकहरुको विश्वास र व्यापकतालाई मध्येनजर गर्दै कम्पनीले भविष्यमा अन्य प्रमुख शहरहरुमा समेत शाखा विस्तार गर्दै जान बताएको छ ।

एनआईबिएल एस क्यापिटलले विस्तारित शाखाबाट समेत निष्काशन तथा बिक्री प्रबन्ध, शेयर रजिष्ट्रेशन, धितोपत्र प्रत्याभूती, लगानी व्यवस्थापन,निक्षेप सदस्य र सामुहिक लगानी कोष अन्तर्गतका सेवाहरु थप व्यवस्थित हुने विश्वास लिएको छ ।

कम्पनीले एक लाख ५० हजार भन्दा बढी हितग्राही खाता सञ्चालन गर्दै आइरहेको छ भने बिभिन्न बैंक-वित्तीय संस्था, बीमा कम्पनी, जलविद्युत कम्पनी तथा होटल गरी जम्मा ३७ वटा कम्पनीहरुको शेयर रजिष्ट्रेशन सम्बन्धी कार्य गर्दै आइरहेको छ ।

यसअघि नेपाल इन्भेष्टमेन्ट बैकका सबै शाखाहरु लगायत यस कम्पनीको लालदरवार काठमाडौं, लगनखेल ललितपुर, चिप्लेढुङ्गा पोखरा शाखाबाट सेवा उपलव्ध गराउँदै आइरहेको थियो ।

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वको सहायक कम्पनी रुपमा स्थापित भएको एनआईबिएल एस क्यापिटलले अग्रणी कम्पनीको रुपमा मर्चेन्ट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।