कुन बैंकले दिन्छ निक्षेपकाे अधिकतम ब्याजदर ? स्टाण्डर्ड चार्टडले सबैभन्दा कम

Apr 08, 2018 Merolagani

लगानी गर्दा त्यसको प्रतिफल धेरै खोजिएजस्तै निक्षेपकर्ताले आफुसँग भएको रकमको अधिकतम प्रतिफल अर्थात् बढी ब्याजदर खोजीरहेका हुन्छन् । हामीले यहाँ पछिल्लो पटक ब्याजदर परिमार्जन गरेका १६ बाणिज्य बैंकहरुमध्ये कुन बैंकले निक्षेपकर्तालाई बचत र मुद्धतीमा सबैभन्दा बढी ब्याज प्रदान गरेका छन् भन्ने देखाएका छौं ।

बैंकर्स संघको भद्र सहमतिपछि सहमति बाहिर गएको एनआईसी एशिया बैंकले पनि बढेको ब्याजदर घटाएपछि अहिले बचतमा सबै बाणिज्य बैंकले अधिकतम ८ प्रतिशतसम्म मात्र ब्याज प्रदान गर्दे आईरहेका छन् भने मुद्धतीमा अधिकतम ११ प्रतिशत मात्र ।

यहाँ उल्लेख नभएका १२ बाणिज्य बैंकमध्ये पनि धेरैले बचतमा अधिकतम ८ तथा मुद्धतीमा ११ प्रतिशतसम्म ब्याजदर प्रदान गरिरहेका हुन सक्छन् । ती बैंकले पछिल्लो ब्याजदर प्रकाशन नगरेका कारण यहाँ उल्लेख गरिएको छैन ।

७ बाणिज्य बैंकको बचतमा अधिकतम ८ प्रतिशत ब्याजदर

निक्षेपकर्ताले आफ्नो निक्षेपको अधिकतम प्रतिफल अर्थात अधिकतम ब्याजदर ७ बाणिज्य बैंकमा प्राप्त गर्ने भएका छन् । निक्षेप अभावले ७ बाणिज्य बैंकले बचतमा अधिकतम ८ प्रतिशत ब्याजदर प्रदान गरिरहेका छन् भने १० बाणिज्य बैंकको ब्याजदर ८ प्रतिशत भन्दा थोरै छ ।

कुमारी, सिभिल, प्राइम, ग्लोबल आईएमई, सिद्धार्थ, सानिमा र सेञ्चुरी बैंकले निक्षेपकर्तालाई बचतमा अधिकतम ८ प्रतिशत ब्याजदर प्रदान गरिरहेका छन् । अन्य तीन बाणिज्य बैंकहरु माछापुच्छ्रे, एनएमबि, र बैंक अफ काठमाण्डूले ५ देखि ८ प्रतिशतमा निक्षेप संकलन गर्ने जनाएका छन् ।

हिमालयन, नबिल, एसबिआई, एभरेष्ट र नेपाल बैंकको अधिकतम ब्याजदर ४ देखि ५ प्रतिशत बिचमा रहेको छ भने स्टाण्डर्ड चार्टडले सबैभन्दा कम ३.५० प्रतिशतमा मात्र निक्षेप संकलन गर्ने जनाएको छ । 

मुद्धतीमा ११ बैंकको ११ प्रतिशत

लगानीयोग्य तरलता संकट भएपछि बैंकहरुले एक बर्षदेखि ३ बर्ष अवधिसम्मको मुद्धती निक्षेपमा १६ मध्ये ११ बाणिज्य बैंकहरुले अधिकतम ११ प्रतिशत ब्याजदर बचतकर्तालाई प्रदान गर्न थालेका छन् ।

तीन बाणिज्य बैंकहरु सिद्धार्थ, एसबिआई, र नेपाल बैंकले साढे १० प्रतिशत र एनएमबि तथा स्टाण्डर्ड चार्टडले मुद्धती निक्षेपमा १० प्रतिशत मात्र व्याज प्रदान गर्ने भएका छन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।