बैंकर्स संघको सम्झौतासँगै सेञ्चुरीले गर्यो ब्याजदर संसाेधन

Jun 22, 2018 Merolagani

सेञ्चुरी कर्मर्सियल बैंक (CCBL) ले नेपाल बैंकर्स संघले सदस्य बैंकहरुका बीचमा व्याजदरका सम्बन्धमा सम्झौता गरेसँगै यसअघि बढाएको ब्याजदर असार ८ गते शुक्रबारदेखि परिवर्तन गरेको छ ।

यसअघि बैंकर्स संघले ब्याजदरमा गरेको भद्र सम्झौता खारेज पश्चात बैंकहरुबीच अाफ्नाे बैंकमा निक्षेप बढाउने हाेडमा ब्याजदर बढाउने तिब्र प्रतिस्पर्धा नै चलेको थियो ।

यससँगै सेञ्चुरी बैंकले पनि अन्य तीन बाणिज्य बैंकहरु एनआइसी एशिया, सिभिल बैंक र प्राईम कमर्सियल बैंकलाई उछिन्दै एक बर्षे मुद्धतीको ब्याजदर १२.५० प्रतिशत पुर्याएको थियो । संघबीच फेरि सम्झौता भएसँगै बैंकले सो व्याजदर १०.५० प्रतिशतमा झारेको हो । 

अब सेञ्चुरीले सबै प्रकारका बचत खातामा बार्षिक ७ प्रतिशत, एक बर्ष अवधिको व्यक्तिगत मुद्धती बचत खातामाबार्षिक १०.५० प्रतिशत ब्याजदर प्रदान गर्ने जनाएको छ ।

संस्थागत मुद्धती खातामा भने बैंकले उक बर्ष सम्मको लागी १०.५ प्रतिशत ब्याजदर प्रदान गर्ने जनाएको छ ।

सबै ब्याजदर त्रैमासिक रुपमा भुक्तानी हुने गरी संशोधन भएको बैंकले जनाएकाे छ ।

अन्य बाणिज्य बैंकहरूले पनि  संघसँगकाे सम्झाैतापछि शुक्रबारबाटै यसअघि बढाएकाे ब्याजदरमा संसाेधन गरेका छन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।