जेबिल्स फाईनान्सको ४०% हकप्रद धितोपत्र बोर्डबाट स्वीकृत

May 03, 2018 Merolagani

जेबिल्स फाईनान्स (JEFL) को ४० प्रतिशत हकप्रद बैशाख १९ गते बुधबार धितोपत्र बोर्डबाट स्वीकृत भएको छ । बोर्डले फाइनान्स कम्पनीलाई दश बराबर चार कित्ता अनुपातमा २३ लाख ११ हजार ६५० कित्ता हकप्रद विक्री गर्न अनुमति प्रदान गरेको हो ।

जेविल्सको सेयर निष्काशन तथा विक्री प्रवन्धक सनराईज क्यापिटल रहेको छ । ६० करोड ६८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सको हकप्रद पश्चात ८३ करोड ७९ लाख ७३ हजार रुपैयाँ पुग्नेछ ।

फाइनान्सको सेयर बिहीबार प्रतिकित्ता ११४ रुपैयाँमा कारोबार भएको छ । चालू अार्थिक बर्षकाे तेस्राे त्रैमासका फाइनान्स कम्पनीले ५३ लाख ३४ हजार रूपैयाँ खुद नाफा कमाएर प्रतिसेयर अाम्दानी १.१७ पैसा कायम गरेकाे छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।