बीमामा पनि कुलिङ पिरियड, स्नातक उत्तिर्णलाई सिइओ बन्न बाटो खुल्यो

May 06, 2018 Merolagani

बीमा समितिले आइबारदेखि लागु हुने गरि बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ जारी गर्दे बीमा कम्पनीहरुको प्रमुख कार्यकारी अधिकृतलाई समेत कुलिङ पिरियडको व्यवस्था गरेको छ । यसअघि सिइअाे बन्न स्नाकोत्तर तह उत्तिर्ण हुनुपर्ने व्यवस्था रहेकोमा शैक्षिक योग्यतामा भने विभिन्न व्यवस्था लागू गरि केही लचकता अपनाएको छ ।

निर्देशिकामा एउटा बीमा कम्पनीमा कार्यकारी प्रमुख रहेको व्यक्ती ६ महिनाको अवधि पूरा भएपश्चात मात्र अर्को कम्पनीमा कार्यकारी प्रमुखको रुपमा नियुक्त हुन पाउने व्यवस्था गरिएको छ । यसअघि प्रमुख कार्यकारी अधिकृतले कम्पनी सचिवको रुपमा समेत काम गर्न पाउने व्यवस्था रहेकोमा अब कम्पनी सचिवका रुपमा काम गर्न रोक लगाइएको छ ।

यसअघि नै बैंकको प्रमुख कार्यकारी अधिकृतलाई एउटा बैंकबाट अर्को बैंकमा प्रमुख कार्यकारी अधिकृत बन्न ६ महिनाको कुलिङ पिरियड लागू गरिएको थियो । राष्ट्र बैंकका निर्देशक समेत रहेका चिरञ्जिबी चापागाइँ बीमा समितिमा अध्यक्ष भएर गएसँगै बीमामा संस्थागत सुशासनको दायराभित्र कडाइ गर्न थालेका हुन् ।

प्रमुख कार्यकारी अधिकृत हुन बीमा, वित्त, व्यवस्थापन, अर्थशास्त्र, बाणिज्यशास्त्र, कानुन, गणित, तथ्यांकशास्त्र वा इन्जिनियरिङ विषयमा स्नातकोत्तर उतिर्ण गरेको हुनुपर्नेछ । स्नातकोत्तर उपाधि हािसल गरी कम्तिमा व्यवस्थापक तहमा बीमा क्षेत्रमा भए पाँच बर्ष, बैंक तथा वित्तीय क्षेत्रमा भए आठ बर्ष वा दुबै क्षेत्रमा भएमा बीमामा एक बर्षको अनभुव सहित कम्तिमा सात बर्षको अनुभव भएको व्यक्ति हुनुपर्नेछ ।

चाटर्ड एकाउटेन्सी, वा व्यवस्थापन, बीमा, अर्थशास्त्र, बाणिज्यशास्त्र, तथ्यांकशास्त्र, लेखा, गणित, र कानुन विषयमा स्नातक हासिल गरि व्यवस्थापक तहमा बीमा क्षेत्रमा १२ बर्ष कार्य गरेको, वित्तिय क्षेत्रमा हकमा १५ बर्ष वा दुबै क्षेत्रमा एक बर्षको अनुभवन सहित १३ बर्ष काम गरेकाले पनि सीईओ बन्ने अवसर प्राप्त गर्नेछन् । तिनै बिषयमा स्नातकोत्तर उत्तीर्णहरुले भने बीमा क्षेत्रमा पाँच बर्ष, वित्तिय क्षेत्रमा ८ बर्षको अनुभव भएकाले सिईओ बन्न पाउनेछन्।

त्यसैगरि बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले पदमा वा पदबाट हटेको एक वर्षसम्म कुनैपनि कम्पनीको शेयर खरिद बिक्री गर्ने तथा सञ्चालक सर्भेयर, बीमा दलाल, सहजकर्ता वा परामर्शदाता भएर काम गर्न रोक लगाइएको छ ।

कुनै पनि कम्पनीमा सिईआ बन्न कम्पनीको सञ्चालक समितिमा ४ बर्षको व्यवसायीक योजना पेश गर्नुपर्ने र समितिले त्यो व्यवसायीक योजना, तलब सुबिधा र करार सम्झौता विवरणहरु बीमा समितिमा बुझाउनु पर्नेछ ।

एउटा कम्पनीमा दुई कार्यकालसम्म सिइओ बन्न पाइनेछ भने ७० वर्ष उमेर पुगेका ब्यक्ति सिइओ बन्न अयोग्य हुने व्यवस्था गरिएको छ । प्रत्येक पाँच पाँच बर्षमा बीमा कम्पनीहरुले डिडिए गराउनुपर्ने व्यवस्था गरिएको छ ।

 

६ महिनाभित्र सबै बीमा कम्पनीहरुमा अनिवार्य डेपुटी सिइओ, विदेश भ्रमण अनुमोदन गराउनुपर्ने

बीमा समितिले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ जारी गर्दे बीमा कम्पनीमा आगामी ६ महिनाभित्र सबै बीमा कम्पनीहरुमा अनिवार्य डेपुटी सिईओ नियुक्ती गरिसक्नुपर्ने व्यवस्था गरेको छ ।

प्रमुख कार्यकारी अधिकृत ७ दिन वा सो भन्दा बढी समय अनुपस्थित हुने भए डेपुटी सीईओ तोकेर त्यसको पूर्व जानकारी बीमना समितिलाई गराउनुपर्नेछ ।

त्यसैगरि यसअघि बीमा समितिबाट स्वीकृति गराएर सिधै विदेश भ्रमण गर्न सक्ने व्यवस्था रहेकोमा अब सिइओले विदेश भ्रमणमा जानुपर्दा बीमा कम्पनीको सञ्चालक समितिबाट समेत अनुमोदन गराएपछि बीमा समतिलाई जानकारी गराएर जान सक्नेछन् ।

सञ्चालक हुन यस्तो योग्यता

निर्देशिका मार्फत बीमा समितिको सञ्चालक हुन कम्तीमा २५ वर्ष पुरा गरि बीमा समितिले तोकेको क्षेत्रमा स्नातक गरेको हुनुपर्नेछ ।

त्यस्तै नेपाल सरकारको अधिकृत स्तरमा कम्तीमा तीन वर्ष काम गरेको, विदेशी वा स्वदेशी बीमक, बैंक वा वित्तीय संस्था वा सम्बन्धित क्षेत्रको संगठित संस्थाको सञ्चालक वा पदाधिकारी तहमा पाँच बर्षको अनुभव हुनपर्नेछ ।

एकै घरको दुई व्यक्ती, गाउँपालिका, पदमा रहेका प्रदेश सभा संघिय सभाका पदाधीकारीहरु, र संबैधानिक पद धारण गरेका व्यक्ति पनि सञ्चालक हुन नपाउने व्यवस्था गरिएको छ ।

निर्देशिकाकाे पूर्णपाठ यहाँबाट हेर्नुहाेस् ..


comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।