जनता बैंकको दोर्दी शाखा प्रदेश नं ४ का मुख्यमन्त्रीद्धारा उद्घाटन

May 13, 2018 Merolagani

प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वी सुव्वा गरुङले बैशाख २८ गते जनता बैंक (JBNL) को दोर्दी शाखाको उद्घाटन गरेका छन् ।

बैंक सञ्चालक समितिका अध्यक्ष केशबबहादुर रायमाझीको सभापतित्वमा सम्पन्न भएको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री गुरुङले सरकारको प्रत्येक गाउँपालिकामा बैंक शाखा पु¥याउने नीति अनुरुप दोर्दीमा जनता बैंकको शाखा स्थापना भएकोमा खुशि ब्यक्त गर्दै जनसमुदायलाई बैंकको सहयोगमा उद्यमशिल बन्न आग्रह गरे ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै संचालक समिति अध्यक्ष केशबबहादुर रायमाझीले त्येस भेगका जनतालाई बैंकको सहयोग लिई जिवन स्तर माथि उठाउन आग्रह गरे ।

कार्यक्रममा स्वागत मन्तब्य राख्दै बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीले देशको ग्रामिण तहसम्मका जनताहरुको पहुँचमा बैंकिङ सेवा पु¥याउने लक्ष्य अनुसार शाखा विस्तार गरेको जानकारी दिँदै आधुनिक बैंकिङ सुविधा लिई जिवनस्तरलाई सहज बनाउन आग्रह गरेका थिए ।

क्षेत्रीले शाखाको सहयोगबाट यस क्षेत्रका जनताको उद्यमशिलता बढ्न गई आयस्तर बढ्ने विश्वास ब्यक्त गरे । शाखा उद्घाटनकै अवसरमा दोर्दी गाउँपालिका परिसरमा बृहत निःशुल्क स्वास्थ्य शिविर तथा स्वास्थ्य शिविर आयोजना गरि स्थानियलाई सेवा प्रदान गरिएको थियो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।