जनता बैंक नेपालले रुपनी शाखाबाट थाल्यो कारोबार

May 14, 2018 Merolagani

जनता बैंक नेपाल (JBNL) ले सोमबारदेखि सप्तरी जिल्ला रुपनी गाउँपालिको रुपनी शाखाबाट कारोवार शुभारम्भ गरेको छ । राष्ट्र बैंकको प्रत्येक स्थानीय तहमा बैंक शाखा स्थापना गर्ने नीति अनुसार शाखा विस्तारको क्रमलाई निरन्तरता दिँदै शाखा विस्तार गरेको बैंकले जनाएको छ ।

सप्तरीको ग्रामिण क्षेत्रका साविकका ६ गा.वि.स. समेटिएर बनेको रुपनी गाउँपालिकाको समेत कारोबार गर्ने यस शाखाले गाउँपालिका क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बैंकले जनाएको छ । 

यससँगै जनता बैंक नेपाल लिमिटेडको शाखा सञ्जाल ११० पुगेको छ भने बैंकले ३३ शाखा रहित बैंकिङ्ग, २ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।