मिर्मिरे माइक्रोफाइनान्सको शतप्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

May 31, 2018 Merolagani

मिर्मिरे माइक्रोफाइनान्स (MMFDB) को शतप्रतिशत हकप्रद सुरक्षित गर्ने बिहीबार अन्तिम दिन रहेको छ । माइक्रोफइनान्सले हकप्रद निष्काशन गर्न जेठ १८ गते शुक्रबार सेयरधनी किताब गर्दैछ ।

माइक्रोफाइनान्सले एनआइबीएल एस क्यापिटलको बिक्री प्रबन्धकत्वमा १ बराबर १ को कित्ता अनुपातमा हकप्रद बिक्री गर्न लागेको हो । बिहीबारसम्म कायम सेयरधनीले मात्र यो हकप्रद खरिद गर्न सक्नेछन् ।

कम्पनीले ४ लाख ५० हजार कित्ता हकप्रद सेयर बिक्री गर्नेछ । गत भदौ २६ गते सम्पन्न माइक्रोफाइनान्सको विशेष साधारण भिाले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।

कम्पनीले गत आर्थिक बर्षको नाफाबाट ३०.८० प्रतिशत बोनस वितरण गर्न जेठ २५ गते सातौं वार्षिक साधारण सभा बोलाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।