सिनर्जी फाइनान्सको आधारभुत सेरधनीलाई हकप्रद वापतको रकम जम्मा गर्न निर्देशन

Jun 12, 2018 Merolagani

सिनर्जी फाइनान्स कम्पनी (SYFL) ले सञ्चालक र आधारभुत सेयरधनीलाई आफ्नो हक हिस्सामा पर्न आउने हकप्रद सेयर रकम जम्मा गर्न आग्रह गरेको छ । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम कम्पनीले सो आग्रह गरेको हो ।

सिनर्जी फाइनान्सले शुक्रबार सूचना जारी गर्दे चुक्ता पूँजीको १ प्रतिशत भन्दा अर्थात ४७ हजार ४४० कित्ता वा सो भन्दा बढी सेयर धारण गरेका आधारभुत सेयरधनीलाई रकम जम्मा गर्न भनेको हो ।

यस्तो रकम असार १ गतेभित्र फाइनान्समा रहेको सिनर्जी राइट सेयर नामको खाता नम्बर १०००००१३७ मा सेयरधनीले जम्मा गरिसक्नुपर्छ । 

सिनर्जी फाइनान्सको २०७३ मंसिर ५ गते सम्पन्न विशेष साधारण सभाले चुक्ता पूँजीको ४७ करोड ४४ लाखको २५ प्रतिशत बराबरको ११ करोड ८६ लाख दुई हजार २४७ रुपैयाँको हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।