हकप्रद बापतको रकम जम्मा गर्न माछापुच्छ्रे बैंक र गुडविल फाइनान्सले गरे आह्वान

Jun 07, 2017 merolagani

माछापुच्छ्रे बैंक (MBL)  र गुडविल फाईनान्स (GFCL) ले सञ्चालक तथा आधारभूत शेयरधनीहरुलाई हकप्रद वापतको रकम जम्मा गर्न आह्वान गरेका छन् ।

माछापुच्छ्रे बैंकले चुक्ता पूँजीको एक प्रतिशत वा सो भन्दा बढि सेयर रहेका सञ्चालक तथा आधारभुत सेयरधनीहरुलाई हकप्रद वापतको रकम (कल ईन एडभान्स) जेठ ३० गतेभित्र बुझाउन भनेको छ । यसअघि बैंकले जेठ २३ गतेसम्म बुझाउन भनेकोमाएक हप्ता समय थप गरेको हो । बैंकले सो रकम बैंकको खाता नं ९९९९५२४९९९९८८०५७ मा जम्मा गर्न भनेको हो । 

माछापुच्छ्रे बैंकले चुक्ता पूँजीको १२ प्रतिशत अर्थात विद्यमान १० कित्ता बराबर एक दशमलव दुई कित्ताको अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरको ७९ लाख १८ हजार ४४० कित्ता हकप्रद एनएमबि क्यापिटल लिमिटेडले बिक्री गर्देछ ।


हाल बैंकको चुक्ता पुँजी ६ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ रहेको छ । हकप्रद बिक्री पछि बैंकको चुक्ता पूँजी नाघ्नेछ ।
माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा एक अर्ब ५१ लाख ५२ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २४ रुपैयाँ ६९ पैसा र प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ६० पैसा कायम गरेको छ ।

उता गुडविल फाइनान्सले पनि जारी गर्न लागेको १० बराबर ६ कित्ताको अनुपातमा हकप्रद सेयर वापातको रकम जेठ २८ गतेभित्र यस फाइनान्सको खाता नं ५७५ मा जम्मा गर्न शेयरधनीहरुलाई भनेको छ । फाइनान्सले हकप्रद विक्रीका लागि एनआईबिएल क्यापिटल मार्केट्सलाई विक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।


फाईनान्सले चुक्ता पूँजीको एक प्रतिशत वा सो भन्दा बढि सेयर रहेका सञ्चालक तथा आधारभुत सेयरधनीहरुलाई रकम जम्मा गर्न भनेको हो । साथै, सञ्चालक तथा आधारभूत सेयरधनीहरुले आफ्नो हक हस्तान्तरण गर्न चाहेमा हक हस्तान्तरण वापतको रकम असार १४ गतेभित्र जम्मा गर्न भनेको छ ।

असार २ गते सेयरधनी किताब बन्द गर्ने निर्णय गरेको ले फाईनान्सले जारी गर्ने ६० प्रतिशत हकप्रद असार १ गते विहीबारसम्म कायम सेयरधनीले मात्र आवेदन गर्न पाउनेछन् ।

गुडविल फाइनान्सल कम्पनीले एक सय रुपैयाँ अंकित दरको २७ लाख २२ हजार पाँच सय कित्ता हकप्रद जारी गर्देछ । ४५ करोड ३७ लाख ५० हजार रुपैयाँ चुक्ता पूँजी रहेको फाईनान्सको हकप्रदपछि चुक्ता पूँजी ७२ करोड ६० लाख रुपैयाँ पुग्नेछ ।

चैतसम्ममा गुडविलले पाँच करोड ८६ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी वार्षिक १७ रुपैयाँ २४ पैसा कायम गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।