कुमारी बैंकको १० प्रतिशतसम्म क्यास ब्याक अफर

Jun 01, 2018 Merolagani

कुमारी बैंक (KBL) ले मोबाइल बैंकिङ सेवाका ग्राहकहरुलाई मेरो किराना डट कमबाट अनलाइन अर्डर मार्फत सामान खरिद गर्दा १० प्रतिशत सम्मको नगद फिर्ता (क्यास ब्याक) योजना ल्याएको छ ।

“कुमारी महाबचत योजना” मार्फत कुमारी बैंकको मोबाइल बैंकिङ सेवा लिने ग्राहकहरुले अनलाइन सामान खरीद गर्दा १० प्रतिशतसम्म क्यास ब्याक पाउने छन् । 

।काठमाडौं उपत्यका भित्र लागु हुने यो योजनामा किरानाले काठमाडौंको चक्रपथ भित्रको क्षेत्रमा निशुल्क होम डेलिभरीको व्यवस्था पनि मिलाएको छ । मेरो किराना डट कममा ग्राहकहरुले खाद्यान्य लगायतका घरायसी सामानहरु सुपथ मूल्यमा खरीद गरि निःशुल्क डेलिभरीको लाभ उठाउन पाउनेछन् ।

कुमारी बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ८५ वटा शाखाहरु, ६१ वटा एटिएम्हरु तथा २ वटा एक्सटेन्सन काउण्टरहरुद्घारा सेवा दिइरहेको छ ।

त्यस्तै बैंकले अत्याधुिनक प्रविधियुुक्त इन्टरनेट बैंकिंङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा तथा भाईबर बैंकिंङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।