सनराइज बैंकको नगद फिर्ता योजना,कार्ड हाेल्डरले एक हजार रुपैयाँसम्म क्यास ब्याक पाउने

Mar 07, 2019 Merolagani

सनराइज बैंक(SRBL) ले भिसासँगको सहकार्यमा आफ्ना सम्पूर्ण डेबिट तथा क्रेडिट कार्डको कारोबारमा पाँच सय रुपैयाँदेखि एक हजार रुपैयाँसम्म नगद फिर्ता (क्यास ब्याक) योजना लागू गरेको छ।

यस योजना अर्न्तगत बैंकको कुनै पनि ग्राहकले डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरि पस (POS) वा अनलाईन मार्फत कारोबार गरेमा पाँच सय रुपैयाँदेखि एक हजार रुपैयाँसम्म नगद बैंकले उक्त ग्राहकको खातामा जम्मा गरिदिने जनाएको छ । 

पाँच हजार रुपैयाँदेखि दश हजार रुपैयाँसम्मको पस वा अनलाइनमा भएको कारोबारमा ५०० रुपैयाँ क्यास ब्याक दिइने र दश हजार देखि १५ हजारसम्मको कारोबारमा ७५० रुपैयाँ क्यास ब्याक तथा १५ हजार भन्दा माथिको कारोबारमा एक हजार रुपैयाँ क्यास ब्याक दिइने बैंकले जनाएको छ ।

यस योजनाले सनराइज बैंकका सम्पूर्ण डेबिट तथा क्रेडिटकार्ड ग्राहक वर्गलाई लाभान्वित बनाउने आशा बैंकले लिएको छ। साथै भविष्यमा थप सेवा सुविधा ग्राहक माझ ल्याउन सन्राइज बैंक प्रतिबद्द रहेको बताएको छ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्धेश्यले बैंकले १०३ वटा शाखा, २८ वटा शाखारहित बैंकिङ्ग सेवा, ३ वटा एक्सटेन्सन काउण्टर, ११७ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।