प्रभु बैंकको इलाम र धनुषामा शाखा विस्तार

Jun 06, 2018 Merolagani

प्रभु बैंक (PRVU) ले इलामको सन्दकपुर र धनुषाको मुखियापट्टी मुसहरमिया गाउँपालिकामा शाखा कार्यालयको विस्तार गरेको छ । इलाममा सन्दकपुर गाउँपालीका अध्यक्ष उदय बहादुर राईले र धनुषामा मुखियापट्टीका अध्यक्ष मनोज यादवले उद्घाटन गरेका छन् ।

शाखा कार्यालय उद्घाटन कार्याक्रममा सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवीहरुको उपस्थिती रहेको बैंकले जनाएको छ । 

बुधबारदेखि सञ्चालनमा आएका बैंकका सन्दकपुर शाखा र मुखियापट्टी मुसहरमिया शाखाबाट स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपलब्ध गराउने र दुबै गाँउ पालिकाको सम्रग्र आर्थिक विकासमा टेवा पुग्ने बैंकले विश्वास गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।