नेपाल बैंकले ३२ प्रतिशत बोनस दिन सक्छ : देवेन्द्र प्रताप शाह

Jun 10, 2018 Merolagani

'सम्पत्ती बेचेर मात्र बैंकको अवस्था सुध्रिएको हैन'
नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाहले नेपाल बैंकको वित्तीय अवस्था सम्पत्ती बिक्री गरेर मात्र सुधार नभएको बताएका छन् । सरकारी स्वामित्व घटाउन थप नयाँ सेयर निष्काशनको तयारीमा जुटिरहेको बैंकले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । उनले ३२ प्रतिशत बोनस बितरण गर्न सक्ने अवस्थामा बैंक पुगेको बताए ।

२ दशकसम्म लगानीकर्तालाई कुनै पनि किसिमको लाभांस दिन नसकेको बैंकले निरन्तरको सुधार पछि अहिले लाभांस खुवाउने हैसियत बनाएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले भने, ‘चालु आर्थिक वर्षको वासलात स्वीकृत भए पश्चात ३२ प्रतिशतसम्म बोनस बितरण गर्न सक्ने अवस्थामा बैंक पुगेको छ । तर कति लाभांस बितरण गर्ने भन्ने सम्बन्धमा सञ्चालक समितिले निर्णय गर्छ ।’ एफपीओको प्रिमियम अरु शिर्षकमा खर्च गर्न नमिल्ने बताएका उनले एकै पटक वा चरणबद्ध रुपमा बोनस प्रस्ताव हुने बताए ।

एफपीओ बिक्री गरेर मात्र बैंकको जगेडा कोषको आकार ३ अर्ब १६ करोड रुपैंयाले बढ्नेछ । उक्त रकमका साथै बैंकले नियमित कमाईबाट पनि लाभांस बितरणको आधार बनाउँदै लैजाने बैंकका प्रमुख कार्यकारी अधिकृत शाह बताए ।

पत्रकार सम्मेलनमा शाहले नेपाल बैंक सम्पत्ती बेचेर मात्र सुध्रिएको भन्ने भ्रममा धेरै लगानीकर्ता परेकाे बताए । उनले भने, ‘धेरैलाई अहिले पनि यो भ्रम छ कि, नेपाल बैंकले सम्पत्ती बेचेर मात्र कमाई बढाएको छ । नियामकले तोकेको पूँजी पुगिसकेको सन्दर्भमा अचल सम्पत्ती बेच्ने काम बन्द भैसकेको छ । सम्पत्ती बेचेका कारण मात्र बैंकको कमाई बढेको कुरा सत्य हैन ।’

बैंकसँग अझै १५ अर्ब बढीको अचल सम्पत्ती रहेको जानकारी दिँदै शाहले वासलातमा त्यसको मुल्यांकन न्युन भएको बताएका थिए । वास्तविक सम्पत्ती खुलाउन पाएको अवस्थामा बैंकको वित्तीय अवस्था अहिलेको भन्दा धेरै राम्रो हुने उनको दाबी छ ।

बैंकसँग रहेको राष्ट्रिय बीमा कम्पनीको सेयर बेच्ने निर्णय सञ्चालक समितिले गरिसकेको छ । यद्यपि राष्ट्रिय बीमा कम्पनीको साधरण सभामा देखिएको अन्यौल कारण सेयर बेच्न नसकिएको उनको तर्क छ । कम्पनीको पहिलो साधारण सभा भए लगत्तै बैंकले प्रकृया पुरा गरेर एक अर्ब बढीको सेयर बेच्ने उनको भनाई थियो ।

फुलबारी रिसोर्टमा फसेको बैंकको ७५ करोड असुल हुने बताएका उनले यसमा भएको प्रगति भने प्रष्ट पारेनन् । वर्षौं पहिले भएको उक्त लगानीको व्याज तथा समयानुकुल रुपमा बढेको मूल्यांकनको लेखाजोखा भएको छैन । शाहले भने रिसोर्ट किन्न चाहनेहरुसँग कुरा भैरहेको भन्दै ठुलो रकम असुल हुने बताएका थिए ।

...[एफपिओ निष्काशन गर्न लागेको नेपाल बैंकको यस्तो छ तीन बर्षे प्रगति]...

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।