महालक्ष्मी विकासको मोफसलमा दुई शाखा विस्तार

Jun 13, 2018 Merolagani

महालक्ष्मी विकास बैंकले जेठ ३० गते बुधबारदेखि दार्चुला जिल्लाको गोकुलेश्वर र बैतडी जिल्लाको पाटन शाखाबाट एकसाथ औपचारिक कारोबार सुरुवात गरेको छ । बैंकले आफ्नो सेवा देशभरी विस्तार गर्दै लैजाने रणनीति अनुसार शाखा विस्तार गरेको जनाएको छ ।

बैंकको गोकुलेश्वर शाखाको उद्घाटन शैल्यशिखर नगरपालिकाका नगर प्रमुख अमरसिंह धामी तथा पाटन शाखाको उद्घाटन पाटन नगरपालिकाका नगर प्रमुख केशब बहादुर चन्दले गरेका छन् ।

महालक्ष्मी विकास बैंकले देशका शहरी तथा ग्रामीण क्षेत्रमा विभिन्न स्थानहरुमा ७१ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको छ । चैत मसान्तसम्म बैंकले २५ अर्ब ११ करोड रुपँैया निक्षेप संकलन गरी २१ अर्ब ७७ करोड रुपैयाँ कर्जा लगानी गरेको जनाएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले ग्राहकको आवश्यकतालाई सम्बोधन गर्दै अझै उत्कृष्ठ सेवा दिने तथा बैंकिङ्ग सेवामा नेपाली जनताको पहुँच बढाउन बैँकले शाखा विस्तारको क्रमलाई निरन्तर अघि बढाईरहने प्रतिवद्धता गरे ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।