राधी विद्युत कम्पनीको बोनस सुरक्षित गर्ने सोमबार अन्तिम दिन

Jun 18, 2018 Merolagani

राधी विद्युत कम्पनी (RADHI) को १० प्रतिशत बोनस सेयर सुरक्षित गर्ने सोमबार अन्तिम दिन रहेको छ । कम्पनीले १० प्रतिशत बोनस सेयर र यसमा लाग्ने कर तिर्न ०.६५ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बोनस सेयर प्रस्ताव पारित गर्न कम्पनीले असार २४ गते अमृतभोग क्याटरिङ कालिकास्थान, काठमाडौंमा बिहान ११ः३० बजे साधारण सभा आह्वान गरेको छ । 

साधारण सभाका लागि कम्पनीले असार ५ गते देखि सेयरधनी किताब बन्द गर्ने भएकाले सोमबारसम्म कायम सेयरधनीले मात्र बोनस पाउनेछन् ।

कम्पनीले साधारण सभाबाट चुक्ता पूँजीको १० प्रतिशतले हुने ४ करोड १० लाख रुपैयाँ बराबरको बोनस सेयर र २६ लाख ६५ हजार रुपैयाँको नगद लाभांश बितरण गर्ने प्रस्ताव पारित गर्देछ । सोमबार कम्पनीको प्रतिकित्ता सेयरमूल्य २९५ रुपैयाँ हाराहारीमा कारोबार भईरहेको छ ।

४१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको राधी विद्युतको बोनसपश्चात ४५ करोड १० लाख रुपैयाँ पूँजी पुग्नेछ । चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा कम्पनीको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ७७ पैसा रहेको छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।