देवः विकास बैंकको सेयर लिलामीमा किन्ने आज अन्तिम दिन

Jun 22, 2018 Merolagani

देव विकास बैंक (DBBL) ले लिलामीमा ल्याएको लिलामी सेयरमा आवेदन गर्ने शुक्रबार अन्तिम दिन रहेको छ । इच्छुक लगानीकर्ताले शुक्रबार कार्यालय समयभित्र आवेदन गर्न सक्नेछन् ।

बैंकले १४ लाख ७९ हजार २६४.८८ कित्ता संस्थापक सेयर र ५ लाख ४० हजार ७९४.७१ कित्ता साधारण सेयरमा असार १ गतेदेखि लिलामी खुला गरेको थियो ।

बैंकको सेयर विक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल रहेको छ । लगानीकर्ताले क्यापिटलको कार्यालयहरु लाजिम्पाट, लालदरबार काठमाडौं, लगनखेल ललितपुर, पोखरा, बुटवल, वीरगञ्ज र विराटनगरबाट पनि आवेदन दिन सक्नेछन् ।

देवः विकास बैंकको केन्द्रीय कार्यालय, लालदरबार काठमाडौं र नेपाल इन्भेष्टमेन्ट  बैंकको शाखा कार्यालयहरु सुर्खेत, नेपालगञ्ज, नारायणगढ र धनगढी शाखाबाट पनि लिलामीमा आवेदन गर्ने व्यवस्था मिलाइएको छ ।

लगानीकर्ताले संस्थापक सेयरका लागि आवेदन गर्दा न्यूनतम एक हजार कित्ता र साधारण सेयरका लागि एक सय कित्तादखि लिलामीमा आएको सबै कित्ता सेयर माग गर्न सक्नेछन् ।

हाल एक अर्ब ६३ करोड ३२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको देवको ४० प्रतिशत हकप्रदपछि २ अर्ब २८ करोड ६५ लाख रुपैयाँ चुक्ता पूँजी कायम भएको छ । गत आवको नाफाबाट २४ करोड ७० लाखकाे बोनस प्रस्ताव गरेको बैंकको बोनसपश्चात दुई अर्ब ५३ करोड रुपैयाँ चुक्ता पूँजी पुग्ने जनाइएको छ ।

बैंकले बोनस पारित गर्न असार २७ गते ११ अाैं बार्षिक साधारण सभा आह्वान गरेको छ । बिहीबार दाेस्राे बजारमा बैंककाे सेयर प्रतिकित्ता १२७ रूपैयाँमा काराेबार भएकाे छ । 

उता लुम्बिनी विकास बैंकको ३ लाख ६४ हजार ८३६.४४ कित्ता संस्थापक सेयरमा लिलामी आवेदन गर्ने शुक्रबार नै अन्तिम दिन रहेको छ । इच्छुकले बिक्री प्रबन्धक भिबोर क्यापिटल ट्रेड टावर थापाथलीबाट शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

लुम्बिनिको संस्थापकमा भने न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्तासम्म आवेदन गर्न पाउने व्यवस्था छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।