मुक्तिनाथ विकास बैंक अब माछापोखरीमा पनि

Jun 25, 2018 Merolagani

मुक्तिनाथ विकास बैंक (MNBBL) ले देशैभरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा काठमाण्डौ महानगरपालिका वडा नं. १६, माछापोखरीमा आफ्नो शाखा कार्यालय विस्तार गरेको छ ।

उक्त शाखा ओशो तपोवनका संंयोजक तथा संस्थापक स्वामी आनन्द अरुण र बैंकका ब्रान्ड एम्बेसडर सिताराम कट्टेल (धुर्मुस) तथा कुञ्जना घिमिरे (सुन्तली) ले संयुक्त रुपमा उद्घाटन गरे ।

मुक्तिनाथ विकास बैंकको हाल सम्म कुल ७८ वटा शाखाहरु औपचारिक रुपमा संचालनमा छन् । बैंकको काठमाण्डौ उपत्यका भित्र महाराजगंज, कमलादी, सीतापाईला, कुलेश्वर, लगनखेल, न्यूरोड, नयाँ बानेश्वर, चावहील र भक्तपुरको कमलविनायकमा शाखाहरु सञ्चालनमा आई सकेका छन् ।

साथै बैंकले थप पाँच स्थानहरु जोरपाटी, ठमेल, कोटेश्वर, कुपण्डोल, बत्तीसपुतलीबाट पनि शीघ्र औपचारिक रुपमा सेवा सञ्चालनको तयारीमा रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।